कलाकारका होली प्लान

सम्पूर्ण
मङ्गलबार, ०५ चैत २०७५
सुमन सरगम, गायक
होली मलाई मन पर्ने पर्व हो। रङसँग रमाउन पाउँदा खुशी हुन्छु। यो वर्षको होली दर्शकसँग मनाउने योजना बनाएको छु। काठमाडौँ, बौद्धमा सांगीतिक कार्यक्रम छ। त्यहीँ गीत गाएर दर्शकसँग नाच्दै÷गाउँदै होली मनाउनेछु।
कला लम्साल, गायिका
यसपालि पहिलो पटक मैले आफ्नै गाउँमा होली मनाउने भएकी छु। तनहँुमा होली विशेष महोत्सव हुने भएको छ। म पनि होलीमा त्यहीँ हुनेछु। मलाई रङ दल्नु खासै मन पर्दैन। तर, अरूले खेलेको देख्दा मज्जा लाग्छ।
सुरजनी केसी, अभिनेत्री
होली खासै मन पर्दैन। साथीहरूले खेलेको हेर्न चाहिँ मज्जा लाग्छ। यो वर्षको होली गोदावरी अथवा गोर्कणमा साथीहरूसँग मनाउने प्लान छ।
बुद्धि तामाङ, अभिनेता
अहिले सुटिङका लाग पाँचथर आइपुगेको छु। होली सुटिङमै मनाइएला जस्तो छ।
निरिशा बस्नेत, अभिनेत्री
यसपालिको होली इन्डियामा मनाउनेछु। अघिल्लो वर्ष पनि उतै मनाएकी थिएँ। त्यहाँको होली रमाइलो लाग्छ।
विष्णु सापकोटा, कलाकार
यो वर्ष सुटिङमा पनि होली खेलियो। सुटिङ सकेर हेटौँडा जाने विचार छ। यो वर्षको होली साथीभाइ र परिवारसँग आफ्नै जन्मथलोमा मनाउने योजना छ।
पुष्प भट्ट, अभिनेता
मलाई होली रमाइलो लाग्छ। रङसँग खूब रमाउँछु। गत वर्ष होलीमा कार्यक्रममा एकदमै व्यस्त भएकाले होली मनाउन पाइएन। यसपालि भव्य होली मनाउने योजना छ।
आँचल शर्मा, अभिनेत्री
अहिलेसम्म होलीको खासै योजना बनाएकी छैन। साथीभाइ, परिवारसँगै होली मनाइन्छ होला।
स्वरूपराज आचार्य, गायक
अहिलेसम्म होली कता मनाउने भनेर सोचेको छैन। धेरैतिरबाट कार्यक्रमको निमन्त्रणा आइरहेका छन्। आफूूलाई अनुकूल हुने ठाउँमा गएर दर्शकसँग होली मनाउने सोच छ।
प्रस्तुतिः मेनुका कोइराला
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७