राम्रो रङ, प्यारो रङ

writer

आशक्ति फुयाल

मङ्गलबार, ०५ चैत २०७५


उपासना सिंह ठकुरी, अभिनेत्री 

मलाई रातो रङ औधी मन पर्छ। ‘रातो राम्रो, गुलियो मीठो’ भन्ने उखानै छ। यो रङको लुगा मलाई साह्रै सुहाउँछ। चम्किलो हुने भएकाले पनि यही रङ मन पर्छ। 

आर्जन पाण्डे, गायक 

नीलो, पहेँलो मेरा मन पर्ने रङ हुन्। होलीमा यिनै रङका लुगा लगाउँछु। पहेँलो रङ उज्यालो हुन्छ। मलाई फिक्काभन्दा उज्यालो रङ बढी मन पर्छ। आकाशजस्तै हुने भएकाले नीलो रङ राम्रो लाग्छ। 

प्रियंका यमी, अभिनेत्री 

मेरो प्रिय रङ गुलाबी हो। यस रङका थुप्रै पहिरन मसँग छन्। गुलाबी रङका लुगा मलाई सुहाउँछन् पनि। होलीमा सेतो र गुलाबी रङ मिलाएर लगाउँदा झन् आकर्षक देखिन्छ। 

नम्रता सापकोटा, अभिनेत्री

मेरो फेभरेट रङ पहेँलो हो। पहेँलो रङका पहिरनमा सजिँदा आफू आकर्षक देखिएको महसुस गर्छु। पहेँला रङका लुगाले मेरो दराज भरिएको छ। चम्किलो र उज्यालो देखिने भएकाले मलाई यो रङ ठीक लाग्छ।

सुप्रिया कटुवाल, अभिनेत्री 

सेतो र कालो रङ खूब मन पर्छन्। यी दुई रङ आफैँमा मिलेको देखिन्छ। कालो र सेतो रङको लुगा आफूलाई सुहाउँछ जस्तो लाग्छ।  

सन्ध्या केसी, अभिनेत्री 

म रङपारखी नै हुँ। नीलो र रातो रङ मलाई एकदमै मन पर्छन्। लुगा पनि नीलो रङकै बढी किन्छु। रातो रङ पनि राम्रो लाग्छ। त्यसले जीवनमा उमंग ल्याउँछ जस्तो लाग्छ। गुलाबी रङ पनि ठीक लाग्छ।

कला लम्साल, गायिका 

रातो रङ मन पर्छ। यस रङको लुगा मलाई साह्रै सुहाउँछ। शुभ मानिने भएकाले रातो रङ नै मेरो फेभरेट हो। मेरो घरमा लुगादेखि पर्दा, तन्नालगायत प्रायः रातो रङकै हुन्छन्। 

नीता ढुंगाना, अभिनेत्री

नीलो मेरो मन पर्ने रङ हो। यस रङबाट मलाई ‘पोजेटिभ भाइब्स’ महसुस हुन्छ।  हरियो रङ पनि मन पर्छ। नीलो र हरियो रङमा जुनसुकै रङ मिल्छ जस्तो लाग्छ। 

सागर लम्साल, हास्यकलाकार 

सबै खालेका रङका आ–आफ्ना विशेषता छन्। तर, मलाई नीलो र रातो विशेष लाग्छ। रातो रङ बोल्ड लाग्छ। नीलो आफैँमा शीतल र सुन्दर लाग्छ। यी दुई रङ मेरा फेभरेट हुन्। 

सुशिला पाठक, गायिका 

पहेँलो रङ मेरो प्रिय रङ हो। यो मेरो लक्की रङ पनि हो। पहेँलो ड्रेसमा सुन्दर देखिन्छु जस्तो लाग्छ। घरको बगैँचामा पनि पहेँला रङकै फूल बढी रोपेकी छु।

 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि