संगीतसम्बन्धी पुस्तक सार्वजनिक

writer

सम्पूर्ण

आइतबार, ३१ असार २०७५


संगीतसम्बन्धी पुस्तक सार्वजनिक


अवकाशप्राप्त प्रहरी उपरीक्षक हस्तबहादुर थापाद्वारा लिखित संगीतसम्बन्धी पुस्तक ‘आधारभूत स्टाफ नोटेसन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुन र प्राथमिक सुर समता मार्ग भाग १, २ र ३’ सार्वजनिक भएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पुस्तक विमोचन गरे । २८ वर्षसम्म ब्रिटिस गोर्खा सैनिकको ब्यान्डमा काम गरेका थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि ब्यान्ड भियाएर उल्लेखनीय योगदान गरेको उपराष्ट्रपति पुनले बताए । संगीतकार दीपक जंगमले नेपालमा संगीत अध्ययन गर्ने विद्यार्थीका लागि पर्याप्त पुस्तक उपलब्ध नभएको अवस्थामा थापाका पुस्तकले सहयोग पु¥याउने बताए । 

 

‘स्वदेश र सपना’ विमोचित


गीतकार चुडामणि देवकोटाको एकल रचना, शक्ति वल्लभको एकल संगीत र गायक सुमित खड्काको एकल स्वर रहेको राष्ट्रिय भावनाका गीत समेटिएका एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक भएको छ ।

फिल्म ‘माइतीघर’ का अभिनेता सिपी लोहनी, अभिनेत्री माला सिन्हा, वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, रत्नशमशेर थापा, कवि डा. विमल कोइराला, एसपी कोइराला लगायतले एल्बम सार्वजनिक गरे । गीतकार संघ नेपालका अध्यक्षसमेत रहेका देवकोटाको यो पाँचौँ र गायक खड्काको राष्ट्रिय गीतको एकल एल्बम हो । 

मेलिनाको  ‘माया’  सार्वजनिक


गायिका मेलिना राईको दोस्रो एकल एल्बम ‘माया’ सार्वजनिक भएको छ । मेलिनाको एकल स्वर, उत्तमजंग लिम्बूको एकल संगीत र माया मगरको शब्द रहेको एल्बमको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, गायिका संगीता राना, कवि श्रवण मुकारुङ, संगीतकार लक्ष्मण शेष, महेश खड्का, सञ्चारकर्मी दिनेश डिसी लगायतले सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका बास्कोटाले मायामा गीत, संगीत र स्वर तीनै पक्ष राम्रो रहेको बताए ।


कार्यक्रममा एल्बममा रहेको ‘गाउँकी गोरी’ गीतको भिडियो पनि सार्वजनिक गरियो । कमल राईले निर्देशन गरेको भिडियोमा एलिसा राईसँगै गायिका मेलिनाले पनि अभिनय गरेकी छिन् । 

 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि