‘साझा बसमा जुरेको पिरती’

writer

सम्पूर्ण

आइतबार, ३१ असार २०७५


विवाह स्मृति

‘साझा बसमा जुरेको पिरती’
मीरा राणा, वरिष्ठ गायिका तथा संगीतकार

मेरो विवाह २०२८ सालमा भएको हो । त्यो बेला म १८ वर्षकी थिएँ । मेरो श्रीमान् उदयजंग राणा २१ वर्षको हुनुहुन्थ्यो । हामी दुईको जोडी भगवान्ले नै जुराइदिएकोजस्तो लाग्छ । 


२०२६ सालतिरको कुरा हो । पुलिस क्लबमा गीत गाउँथेँ । त्यतिखेर म  कमलपोखरीमा बस्थेँ । हरेक दिन साझा बस चढेर आवतजावत गर्थें । एक दिन साझा बस चढेर घर फर्कंदा उहाँ पनि त्यही बसमा हुनुहुुँदो रहेछ । नागपोखरीमा आएपछि कन्डक्टर पैसा उठाउँदै आए । मैले पैसा दिएँ । उनले ‘तपाईंको पैसा भइसक्यो’ भने । मैले पैसा दिन खोज्दा पनि उनी मान्दै मानेनन् ।

‘मैले दिएकै छैन, कसरी भयो’ भन्दा उनले ‘ऊ त्यो मान्छेले दिएको’ भन्दै उहाँलाई देखाए । उहाँलाई दुुई वटा टिकट हातमा देखाएर बसेको देखेँ । बोलचाल भएन । आफ्नो ठाउँ आएपछि म उत्रिएँ । ‘मेरो टिकट किन काटेको होला ?’ भन्ने लाग्यो । असाध्यै डर पनि लाग्यो । बाटोभरि नानाथरी कुरा मनमा खेल्न थाले । घरमा कसैलाई केही भनिनँ ।


त्यसको तीनचार दिनपछि पुुलिस क्लब जाँदै गर्दा साझामा उहाँसँग फेरि भेट भयो । बोलिनँ तर डरैडरमा बस शहीदगेट पुुगेको पत्तै पाइनँ । एक दिन कुमार बस्नेत दाइलाई भेट्न सञ्चयकोष गएकी थिएँ । त्यहाँ पनि उहाँलाई देखेँ । मलाई देख्नेबित्तिकै उहाँ बाहिर आउनुभयो । ‘कुुमार दाइलाई भेट्न आएको हो ?’ भनेर सोध्नुुभयो । मैले ‘हो’ भनेपछि दाइकोमा लगिदिनुुभयो । फर्कने बेलामा हामी सँगै निस्कियौँ ।

त्यहाँदेखि हाम्रो कुराकानी हुन थाल्यो । हामी घुुम्न पनि जान थाल्यौँ । घुुम्न भनेर फिल्म हेर्न जाने, जताततै भौँतारिने गर्दैनथ्यौँ । म पुलिस क्लबबाट छुुट्टी भएर आउँथेँ । उहाँ पनि अफिस छुुटेर आउनुुुहुन्थ्यो । शहीदगेटको बसपार्कमा भेट्थ्यौँ । पहिलो पटक हामी कालिमाटीको पचली भैरव मन्दिर घुुम्न गएका थियौँ । त्यहाँ नजिकै नदीको किनारमा गएर बस्यौँ । गफ पनि खासै आएन ।

वरिपरिको वातावरण र एकअर्कालाई हेर्दाहेर्दै एकडेढ घण्टा बितेको पत्तै लागेन । घर फर्कने बेलामा हामी सँगै हिँडेको कसैले देख्छ कि जस्तो लाग्थ्यो । बुुबाको साह्रै डर लाग्थ्यो । यसरी दुुई वर्ष हाम्रो ‘लभ’ प¥यो । 


एक पटक उहाँको सानीआमा र सानो बुबा काठमाडौँ आउनुुभएको थियो । उहाँको सानिमाको बम्बई (अहिलेको मुम्बई) मा बिहे भएको रहेछ । मेरो बारेमा उहाँले कुरा गर्नुभएको रहेछ । सनिमाले ‘फिल्म हेर्न बोलाउनू, केटी म पनि हेर्छु’ भन्नुुभएको रहेछ । एक दिन हामी रञ्जना सिनेमा हलमा गयौँ । उहाँले मलाई गिफ्ट पनि ल्याइदिनुुभएको रहेछ ।

 कुुरैकुरामा उहाँले ‘तिमीहरूको विवाह गर्ने जिम्मा मेरो, तिमीहरू बम्बई आउनू’ भन्नुुभयो । यता मेरो बुुबा कडा हुुनुुहुुन्थ्यो, उता उहाँको आमा । त्यसैले हामीले बम्बईमै गएर विवाह गर्ने निधो ग¥यौँ । ‘माया अन्धो हुन्छ’ भन्थे । त्यो बेला त्यही भनाइ मलाई ठ्याक्कै मिलेको थियो । 


त्यो समयमा पुलिस क्लबको रेकर्डिङ रेडियो नेपालमा हुन्थ्यो । बिहान ७ बजे रेडियो नेपाल जानुपथ्र्यो । दिनदिनै एक–एक जोर गरेर केही लुुगाफाटा ओसारेँ । उहाँले लगेर जम्मा पारिदिनुुहुुन्थ्यो । रेकर्डिङ सक्किएको दिन हामी वीरगञ्ज जाने गाडीमा चढ्यौँ । गाडीबाट अगाडि–पछाडि ट्याक्सी देख्यो कि डर लाग्थ्यो । बुुबाले खोज्न आउनुुभयो कि भनेर बसको सिटमुुनि लुक्थेँ ।

त्यसो गर्दागर्दै वीरगञ्ज पुुग्यौँ । त्यहाँ हामीले ‘भर्खरका केटाकेटीलाई रक्सौल कटेर जान दिँदैन’ भन्ने सुुन्यौँ । त्यही बेला एक जना बुुढी मान्छे टाँगा चढेर आइरहनुभएको थियो । उहाँसँगै जाने सोच बनायौँ । उहाँलाई बाटोमा कसैले सोध्यो भने ‘मेरो छोराबुुहारी हो, भन्नुुस् है’ भन्यौँ । उहाँले मान्नुुभयो । तर, बाटोमा हामीलाई कसैले पनि सोधेन । रक्सौलबाट हामी पटना पुुग्यौ ।

पटनाबाट बम्बई जाने रेल चढ्यौँ ।  बेलुका ९ बजेतिर रेल छुुट्यो । बिहान ३÷४ बजेतिर मुुगलसराय भन्ने ठाउँमा रोकियो । चिया खान ओर्लियाँै । त्यसपछि रेल चढेपछि भुुसुुक्कै निदाएछाँ । एकैछिनपछि त्यहाँ हल्लाखल्ला हुुनथाल्यो । हल्ला सुुनेर दुुवै जना जुुरुक्क उठ्यौँ । सबैको समान हराएछ । हाम्रो पनि सुुटकेस हरायो । लुुगाफाटा, अलिअलि भएको पैसा सबै चोरले लग्यो ।

कसैको त टिकट पनि हरायो । मैले चाहिँ टिकट चेक गर्न आउँदा झिकेर दिन सजिलो हुुन्छ भनेर सारीको फेरोमा गाँठो पारेर राखेकी थिएँ र जोगियो । ३६ घण्टे यात्रापछि बम्बई पुग्यौँ ।


त्यहाँको महालक्ष्मी मन्दिरमा बिहे ग¥यौँ । रातो सारी कहाँबाट पाउनुु ? गाढा निलो रङमा सुुनौलो धर्का भएको बनारसी सारी लगाएकी थिएँ । उहाँले सामान्य सर्ट–प्यान्ट लगाउनुुभएको थियो । त्यही मन्दिरमा सिन्दुुर–पोते गरियो । उतैको चलनअनुसार मंगलसूत्र लगाइदिनुुभयो । त्यो दिन बुुबामुुमालाई सम्झिएर निकै रोएकी थिएँ । 


विवाह गरेको केही दिनमा मलाई छाडेर उहाँ फर्कनुभयो । उहाँको अफिसमा छुट्टी थिएन । त्यहाँ कसैकसैले मलाई ‘उसले छाडेर गयो, अब तिमीलाई लिन आउँदैन’ भन्दै जिस्काउँथे । कता–कता ‘विवाह गर्छु भनेर बम्बईमा बेच्न लैजान्छन्’ भन्ने पनि सुनेकै थिएँ । डर पनि लाग्यो । १०÷१५ दिनपछि उहाँले फोन गर्नुभयो । फोनमा ‘तिमीलाई केही दिनमा लिन आउँछु’ भन्नुुभयो । त्यसपछि मन शान्त भयो । 


केही दिनपछि उहाँ आउनुभयो र हामी सँगै फर्कियौँ । सासूले त भिœयाउनु भएन तर उहाँको माइजूले भिœयाउनुभयो । केही समयपछि सासूले पनि हाम्रो सम्बन्ध स्वीकार गर्नुभयो । त्यसको आउने दशैँमा हामीलाई बोलाएर माइतीले पनि टीका लगाइदियो । सम्बन्ध गाँसेको लगभग ५० वर्ष पुग्न आँट्यो तर पनि हाम्रो प्रेम अहिले पनि उस्तै छ । 

प्रस्तुतिः सृजना खड्का

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि