‘मोडलिङ मेरो प्यासन हो’

writer

जयन सुब्बा मानन्धर

शनिबार, ११ फागुन २०७५


दिव्या महर्जन, मोडल

मलाई सानैदेखि मोडलिङमा रुचि थियो । एसएलसी सकिनेबित्तिकै मैले ‘द र्‍याम्प’ बाट मोडलिङको तालिम लिएँ । यसपछि मेरो मोडलिङ करिअर सुरु भयो ।

पहिलो पटक र्‍याम्प वाक गर्दा एकदमै डर लागेको थियो । तर, स्टेजमा गएपछि सबै डर हरायो । आत्मविश्वास बढ्यो । 

काठमाडौँमा मात्र नभई उपत्यकाबाहिर पनि र्‍याम्प सोमा सहभागी भएकी छु । अहिलेसम्म चार दर्जनजति र्‍याम्प सोमा सहभागी भइसकेँ । त्यसबाहेक फोटो सुट, म्युजिक भिडियो, विज्ञापन गरेकी छु । विभिन्न सौन्दर्य प्रतियोगितामा पनि भाग लिएकी छु । थुप्रै टाइटल जितेकी छु ।

मोडलिङ मेरो प्यासन हो । मलाई म्युजिक भिडियो वा अन्य मोडलिङभन्दा र्‍याम्प सो बढी मन पर्छ । किनकि, र्‍याम्प सोमा भीडअगाडि लाइभ क्याटवाक गर्नुको मज्जा नै बेग्लै छ । मोडलिङ सँगैसँगै पढाइलाई पनि उति नै प्राथमिकता दिएकी छु ।

भविष्यमा एयरहोस्टेस बन्न चाहन्छु । त्यसका लागि चाहिने आधारभूत तालिम लिइसकेकी छु । 

 
 

तपाईको कमेन्ट