‘बेबिज डे आउट’

सम्पूर्ण
आइतबार, ३१ असार २०७५
किनमेल केन्द्र
‘बेबिज डे आउट’
काठमाडौँको हात्तीसारमा दुई महिनाअघि खुलेको ‘बेबिज डे आउट’ भर्खरै जन्मिएका नवजात शिशुदेखि पाँच वर्षसम्मका बच्चाका लागि चाहिने सम्पूर्ण सामग्री पाइने पसल हो । ध्रुव मैनाली र लता मैनालीले सञ्चालन गरेको यो पसलमा बच्चाका साथै गर्भवती महिलाका लागि उपयुक्त हुने कपडा पनि पाइन्छ ।
बैंकमा जागिर गर्दागर्दै ‘फरक खालको व्यवसाय गरौँ’ भन्ने लागेर बेबिज डे आउट सञ्चालन गरेको ध्रुव बताउँछन् । काठमाडौँमा थुप्रै सपिङ मल र किनमेल केन्द्र भए पनि बच्चा तथा गर्भवती महिलाका लागि चाहिने सामग्री एउटै छानोमुनि पाउने पसलको अभाव देखेर नै बेबिज डे आउट खोल्ने आइडिया आएको उनी बताउँछन् ।
भुइँतलामा रहेको यो पसल बालबालिकामैत्री छ । पसलसँगै रेस्टुरेन्ट र बच्चाका लागि खेल्ने ठाउँ पनि छ । बच्चाका लागि ‘बर्थ डे पार्टी’ देखि गर्भवती महिलाका लागि ‘बेबी सावर’ अर्थात् दही चिउरा खुवाउने कार्यक्रमसम्म यहाँ आयोजना गरिने सञ्चालक मैनाली बताउँछन् । बच्चाका लागि चाहिने करिब सय आइटम यो पसलमा उपलब्ध छन् ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७