मलाई मन पर्छ, सेलिब्रिटीका रोजाइ

writer

आशक्ति फुयाल

बिहिबार, ०२ फागुन २०७५


नम्रता श्रेष्ठ, अभिनेत्री

मलाई गुलाबको फूल साह्रै मन पर्छ। लुगामा टिसर्ट–प्यान्ट मन पर्छ। नेपाली सादा खाना दालभात–तरकारी मन पर्छ। बिरालो र कुकुर मेरा प्रिय जनावर हुन्। तिलिचो ताल हेर्ने रहर छ। गुची मेरो मन पर्ने ब्रान्ड हो। 

आर्जन पाण्डे, गायक 

रातो गुलाब राम्रो लाग्छ। फर्मल ड्रेसमा सजिन रुचाउँछु। पानीपुरी भनेपछि भुतुक्कै हुन्छ। बफादार हुने भएकाले जनावरमा मलाई कुकुर मन पर्छ। इन्डोनेसियाको बाली मन पर्ने ठाउँ हो। ब्रान्डमा सीके र गुची ठीक लाग्छ। 

सुशीला पाठक, गायिका 

गुलाबको बास्ना मन पर्छ। पहिरन टिसर्ट–प्यान्ट्स मन पराउँछु। नेपाली खाना स्वाद लिई खान्छु। गुन्दु्रक मेरो फेभरेट हो। घरमा पहिलादेखि बिरालो पालेकाले त्यही मेरो प्रिय जनावर हो। गुची ब्रान्डको फ्यान हुँ।

सुजता थापा, अभिनेत्री

मेरो मन पर्ने फूल लालीगुराँस हो। लामो गाउन र छोटो स्कर्ट लगाउन रुचाउँछु। खानामा रोटी भएपछि अरू केही चाहिँदैन। जनावरमा मलाई गाई मन पर्छ। घुमघामका लागि स्विट्जरल्यान्ड निकै राम्रो ठाउँ लाग्छ। जारा मेरो फेभरेट ब्रान्ड हो। 

युवराज चौलागाईं, गायक 

रातो गुलाब हेर्दा आनन्द लाग्छ। क्याजुअल डे«ेसमा ठाँटिन मन पर्छ। ब्लेजर लगाउन रुचाउँछु। जुत्तामा बुट राम्रो लाग्छ। टमाटरको अचार, दालभाल र तरकारी औधी मन पर्छ। जनावरमा घोडा ठीक लाग्छ। घोडाको सवारी गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ। अन्नपूर्ण बेस क्याम्प र रारा ताल जाने रहर छ। जर्जियो अरमानी, एडिडासलगायत ब्रान्ड मन पर्छन्। 

सुप्रिया कटुवाल, अभिनेत्री

मलाई कमलको फूल मन पर्छ। सारीमा चिटिक्क हुन मन पर्छ। थकाली खाना खान मन पर्छ। जनावरमा मृग राम्रो लाग्छ। जति घुमे पनि पोखार गइराखूँ जस्तो लाग्छ। 

सुपुष्पा भट्ट, अभिनेत्री

फूल त गुलाबै हो। त्यही मन पर्छ। प्यान्ट–टिर्सट लगाउन मन पर्छ। सिजलर खान पाए अरू केही चाहिँदैन। जनावरमा सिंह मन पर्छ। ठाउँ रारा साह्रै रमणीय लाग्छ। गुची, राडोलगायत ब्रान्ड मन पर्छन्। 

अञ्जु पन्त,  गायिका

पारिजातको फूलमा सुगन्धित बास्ना हुन्छ। त्यसको सुगन्ध मलाई असाध्यै मन पर्छ। पहिरनमा लामो गाउन र सारी लगाउन मन पर्छ। नेपाली सादा खाना, गुन्द्रुक र साग मन पर्छ। जनावरमा पान्डा एकदमै क्युट लाग्छ। मलाई इजिप्ट जाने ठूलो रहर छ। एक्सेसरिजमा घडी र चस्माको सोखिन छु। राडो, रोलेक्स ब्रान्ड मन पर्छन्। 

शुभेच्छा खड्का, अभिनेत्री 

फूलमा गुलाब मन पर्छ। पहिरन कोट–प्यान्ट राम्रो लाग्छ। थकाली खाना मेरो बेस्ट हो। कुकुर मन पर्ने जनावर हो। स्थानमा अन्नपूर्ण बेस क्याम्प मन पर्छ। घडीको एकदमै सोखिन छु। 

लक्ष्मी गिरी, अभिनेत्री 

गुनकेशरी फूल मन पर्छ। मलाई गुलाबी रङको सारी पूरा बाहुले चोलोमा सजिन राम्रो लाग्छ। नेवारी खाना मेरो फेभरेट हो। जनावरमा कुखुराको चल्ला मन पर्छ। नेपालको हिमाली भेग घुम्न रमाइलो लाग्छ। 

दीपाश्री निरौला, अभिनेत्री

पारिजात र गुलाबको फूल मन पर्छ। कुर्ता–सुरुवाल र टिसर्ट–प्यान्ट लगाउन ठीक लाग्छ। पनिर, मःमः खान मन पर्छ। जनावरमा कुकुर साह्रै मन पर्छ। पोखरा, मनाङ र मुस्ताङ मेरा बेस्ट प्लेस हुन्। जति गए पनि मन भरिँदैन, जाऊँ–जाऊँ लागिरहन्छ। ल्याक्मे, लोटसका सौन्दर्य प्रसाधन मन पर्छन्। जारा, गुची ब्रान्ड प्रयोग गर्छु।

दमन रूपाखेती, अभिनेता

कहिल्यै नओइलिने मखमली फूल मन पर्छ। लुगामा टिर्सट–प्यान्ट र क्याप मन पर्छ। परेवा मेरो प्रिय पक्षी हो। ठाउँ त काठमाडौँबाहेक कहीँ जान मन लाग्दैन। यो नै मेरो बेस्ट ठाउँ हो। 

 

तपाईको कमेन्ट

मुख्य समाचार