‘पुरुष मोडललाई महत्त्व दिइँदैन’

सञ्जय रौनियार
शुक्रबार, ११ माघ २०७५
त्रोयश न्यौपाने, मोडल
मैले फेसन सोमा र्याम्प वाक गरेर मोडलिङ सुरु गरेको हुँ। केही म्युजिक भिडियोमा पनि काम गरेको छु। मोडलिङ, पढाइ र पारिवारिक व्यवसायमा पनि समय दिइरहेको छु। मोडलिङ रहरको क्षेत्र भएकाले यसलाई पनि समय दिइरहेको छु। नेपालमा मोडलिङ भन्नेबित्तिकै युवतीहरूले मात्रै गर्ने काम हो भन्ने सोचिन्छ।
मोडलिङमा पुरुषलाई कम महत्त्व दिने गरिएको छ। कुनै पनि प्रोडक्टको विज्ञापन गर्नुपर्यो भने महिला र पुरुष मोडलको उत्तिकै भूमिका हुन्छ। तर, सकेसम्म महिला नै राखेर विज्ञापन बनाइने भएकाले पुरुष मोडललाई काम पाउन गाह्रो छ। महिलाले मात्र प्रयोग गर्ने प्रोडक्टबाहेक अन्यमा पुरुष मोडलको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। तर, ‘पुरुष मोडल त हो नि !’ भने जसरी व्यवहार गर्ने गरिन्छ यहाँ।
र्याम्प वाक पनि पुरुष मोडललाई महिला मोडलको पछि–पछि हिँडाउने र पुरुष मोडल राख्नै परेकाले राखेको जस्तो व्यवहार गरिन्छ। पुरुषहरू मात्र र्याम्प वाक गर्ने फेसन सोको कल्पना पनि गरिएको हुँदैन। पुरुष मोडललाई पनि उनीहरूको कामका आधारमा महत्त्व दिइनुपर्ने हो। मोडलिङ मात्र गरेर उनीहरूलाई यो क्षेत्रमा टिक्न गाह्रो छ। त्यसैले साइडमा केही काम गरेर यो क्षेत्रमा लाग्दा राम्रो हुन्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७