निर्मलामाथि ‘कोपिला’

writer

सम्पूर्ण

सोमबार, ०७ माघ २०७५


निर्माण टिमले निर्मला पन्तको जीवनीमाथि बनेको दाबी गर्ने फिल्म ‘कोपिला’ को सुटिङ सकिएको छ। ‘कोपिला’को करिब एक महिनाको अवधिमा सोमबार छायांकन सम्पन्न भएको हो। फिल्मलाई शिवम अधिकारीले लेखन एवं निर्देशन गरेका हुन्।

फिल्ममा बलात्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था  समेटिएको निर्देशक अधिकारीले बताएका छन्। ‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति समावेश छ। फिल्ममा सञ्जीवनी खरेल मुख्य भूमिकामा छिन्।

फिल्ममा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायत कलाकारको अभिनय रहेको छ। 
 

तपाईको कमेन्ट