जाडोमा बुटको न्यानो

writer

प्रकृती दाहाल

शनिबार, ०५ माघ २०७५


अभिनेत्री वर्षा राउत बुटकी सोखिन हुन्। उनलाई जाडो याममा बुट लगाउन एकदमै मन पर्छ। ‘सानैदेखि जाडोमा बुट लगाउन मन पर्छ,’ उनी भन्छिन्, ‘मलाई बुुटप्रेमी भने पनि हुन्छ। जाडोमा बुट छुटाउँदै छुटाउँदिनँ।’ वर्षालाई अरूभन्दा लेदरको लङ बुुट बढी मन पर्छ। ‘ड्रेसअनुसार हाइ हिल, फ्ल्याट सबै किसिमका बुुट लगाउँछु,’ उनी भन्छिन्, ‘तर, सबैभन्दा बढी लेदरको लङ बुट मन पर्छ।’ उनीसँग कालो र खैरो रङका बुट धेरै छन्। ‘जिन्समा लङ बुुट लगाँउदा तातो महसुस हुन्छ,’ वर्षा भन्छिन्, ‘बुटको राम्रो कलेक्सन छ मसँग।’

अभिनेत्री केकी अधिकारीलाई पनि जाडो मौसम बुट लगाउन खूब मन पर्छ। उनले तीन वर्षयता ‘जुुल्ला नेपाल’ ब्रान्डका बुट लगाइरहेकी छिन्। यो नेपाली ब्रान्ड हो। ‘स्वेदशी उत्पादनलाई प्रवद्र्धन गर्न नेपाली ब्रान्डको बुट लगाउने गर्छु,’ उनी भन्छिन्। केकीले लेदरको लङ बुुट लगाउन रुचाउँछिन्। ‘स्कुुटर चलाउने हुनाले घुँडासम्म न्यानो हुुने बुट लगाउन रुचाउँछु,’ उनी भन्छिन्, ‘बुटमा स्मार्ट देखिन्छुजस्तो लाग्छ।’ उनले पनि जिन्ससँग कालो र खैरो रङको लङ बुट लगाउने गर्छिन्। ‘विशेष कार्यक्रममा रातो बुुट लगाउँछु,’ उनी भन्छिन्, ‘मसँग विभिन्न डिजाइनका बुट छन्।’ 

जाडो मौसममा प्रायः महिलाको रोजाइमा लङ बुुट पर्ने गरेको छ। अहिलेका युवती लङ बुुटप्रति आकर्षित भएको काठमाडौँ, असनका जुत्ता व्यापारी किशोर तामाङ बताउँछन्। उनले २५ वर्षदेखि जुत्ता–चप्पलको व्यापार गर्दै आएका छन्। ‘पहिला हरेक प्रकारका बुटको माग हुुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले धेरै युवतीले लङ बुुट नै खोज्ने गरेका छन्।’ आफ्नो पसलमा हरेक प्रकारका बुट भए पनि लेदरको बुट बढी बिक्री हुने व्यापारी किशोर बताउँछन्। ‘एक हजारदेखि ३५ सय रुपैयाँसम्मका हरेक प्रकारका बुुट पसलमा छन्,’ उनी भन्छन्। 

जाडो मौसममा लेडिज बुुटको व्यापार राम्रो फस्टाएको काठमाडौँ, त्रिपुुरेश्वरका जुत्ता व्यापारी अनिल श्रेष्ठ बताउँछन्। ‘अहिलेका किशोरी फेसन कन्सस छन्,’ उनी भन्छन्, ‘जाडोमा बुुटले फेसनेबल देखाउँछ भन्ने सोचाइले पनि बुुटप्रति आकर्षण बढेको छ।’ बजारमा लेदर लङ बुुट, कपडा लङ बुुट, अफिसियल बुुट, हिल बुुट, भित्री हिल बुट, ब्लक हिल बुट बढी बिक्री हुने अनिल बताउँछन्। ‘कालो, खैरो, मरुन रङका बुट युवतीहरूले बढी रुचाउँछन्,’ उनी भन्छन्।

 

अहिले नेपाली बजारमा स्वेदशीसँगै कोरियन, चाइनिज, जापानी, इन्डियनलगायत ब्रान्डका बुट पाइन्छन्। काठमाडौँ, बानेश्वरकी कमला प्रसाई सधैँ विदेशी ब्रान्डकै बुुट लगाउने बताउँछिन्। नेपाली ब्रान्डका बुुट टिकाउ नहुुने उनको अनुुभव छ। ‘स्वदेशी ब्रान्डका बुट एक त भनेजस्ता पाइँदैनन्,’ उनी भन्छिन्, ‘अर्को, टिकाउ पनि हँुुदैन। बरु, महँगै किन नहोस्, विदेशी बुट नै खोज्छुु।’ 

उपभोक्ताको यही सोचले नेपाली ब्रान्डका बुटको प्रवद्र्धन हुन नसकेको काठमाडौँ, बौद्धस्थित नेपाली ब्रान्ड ‘जालापा’ फुुटवेयरका सञ्चालक कमलमणि कोइराला बताउँछन्। विगत डेढ दशकदेखि नेपाली ब्रान्डका बुुट उत्पादन गर्दै आइरहेका उनी स्वदेशी ब्रान्डप्रति कसैले चासो नदेखाएको गुुनासो गर्छन्। ‘विदेशीभन्दा नेपाली ब्रान्डका बुुट सस्तोमा पाइन्छन्,’ उनी भन्छन्, ‘सस्तो भएपछि टिकाउ हुँदैन भन्ने सोचाइ ग्राहकको हुन्छ।’ विदेशी बुटभन्दा नेपाली ब्रान्डका बुट टिकाउ हुुने उनको दाबी छ। 

नेपाली ब्रान्डका बुुटमा बेज बुुट, हाफ बुुट, अफिसियल बुुट, लेदर लङ बुुट आदि उत्पादन हुुने गरेको कमलमणि बताउँछन्। ‘ग्राहकको डिजाइनअनुुसार पनि बुुट बनाइदिने गरेका छौँ,’ उनी भन्छन्। 


‘बुटको माग चर्काे छ’ 

रामहरि तोलाङी 
केन्द्रीय सदस्य , नेपाल घरेलुु तथा साना उघोग महासंघ 


जुुत्ता–चप्पल मेरो पुुख्र्याैली व्यवसाय हो। पहिला नेपालमा बुट लगाउने चलन थिएन। चीन, तिब्बतलगायत विभिन्न देशमा हामीले बुट निर्यात गथ्र्यौ। नेपालका महिलाले धेरैपछि बुट लगाउन सुरु गरेका हुन्। अहिले बुटको माग दिनानुदिन बढ्दै गएको छ। धेरै महिलाको रोजाइमा बुट पर्न थालेको छ। विशेष गरी, जाडो याममा। तर, नेपालमा मागबमोजिम बुट उत्पादन हुन सकेको छैन। अहिले पनि बुटका लागि विदेशी उत्पादनमा भरपर्नु पर्ने अवस्था छ। दक्ष जनशक्ति विकास र गुणस्तरीय प्लान्टको व्यवस्था गरे नेपालमा बुट उत्पादन हुनेछ। र, मोटो रकम विदेश जानबाट रोकिनेछ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार