एईसीसीको शैक्षिक मेला हुने

writer

सम्पूर्ण

बिहिबार, १७ जेठ २०७५


अन्तर्राष्ट्रिय कम्पनी अस्ट्रेलिया एजुकेसन एन्ड करिअर कन्सल्ट्यान्सी (एईसीसी)ले 'अस्ट्रेलियन एप्लिकेसन डे जुन २०१८' आयोजना गर्ने भएको छ। तीनदिने अन्र्तराष्ट्रिय शैक्षिक मेला आयोजना गर्ने आयोजकले जनाएको छ। मेला जुन ४ मा काठमाडौँ, ६ मा चितवन र ७ तारिखमा पोखरामा हुँदैछ। बिहान १० देखि बेलुकी ५ बजेसम्म मेला आयोजना हुनेछ। 

काठमाडौँ, दरबारमार्गस्थित याक एन्ड यति होटलमा मेला आयोजना हुनेछ भने चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखरामा पोखरा ग्रान्डी होटलमा मेला हुने आयोजकले जनाएको छ। मेलाको उद्घाटन अस्ट्रेलियन राजदूत पिटर बडले गर्नेछन्। 

वर्षमा दुई पटक मेला आयोजना गर्दै आएको एईसीसीको यो तेस्रो वर्षको मेला हो। अन्तर्राष्ट्रिय मेलाका रूपमा लिइने उक्त कार्यक्रममार्फत अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति, भिसा, भर्नाका साथै विभिन्न आवेदनसम्बन्धी आवश्यक जानकारी लिन पाइने एईसीसीका डेस्टिनेसन हेड शैलेसकुमार झाले बताए।

'मेलामा अस्ट्रेलियामा अध्ययन गराइने आईटी, इन्जिनियरिङ, मेडिसन र नर्सिङ, एमबीए, विज्ञानलगायत विभिन्न विषयमा जानकारी लिन सकिनेछ, उनले भने,  'आईईएलटीएस, टोफेल जस्ता कोर्स तथा टेस्टको तयारीका लागि आवश्यक पुस्तकको समेत व्यवस्था हुनेछ।' 

मेलामा नेपाल एसबीआई, सिद्धार्थ, एभरेस्ट र एनआईसी बैंकका स्टलसमेत हुनेछन्। 'तीबाट विद्यार्थीले बैंकमार्फत भिसाको लागि के–कस्ता प्रावधान छन् ? लोनसम्बन्धी जानकारी लिन सक्नेछन्,' झाले भने। मेलाको मुख्य उद्देश्य 'वान स्टक सलुसन' रहेको छ। 'मेलामा अस्ट्रेलिया पढ्न चाहने विद्यार्थी र अभिभावकले त्यहाँबारे जानकारी लिन पाउनेछन्,' उनले भने। 

शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीले पोस्ट ग्य्राजुएट र अन्डर ग्य्राजुएट लेभलमा आफ्नो रुचिअनुसारको अध्ययन क्षेत्र छनोट गर्नसक्ने आयोजकले जानकारी दिएको छ। मेलामा अस्ट्रेलियाबाट २७ विश्वविद्यालयका प्रतिनिधिले सहभागिता जनाउनेछन्। अभिभावक र अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीले उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउनेछन्। 

आवश्यक जानकारी तथा परामर्श लिन सक्नेछन्। इच्छुक विद्यार्थीले तत्काल प्रक्रिया अगाडि बढाइ विश्वविद्यालयसामु आवेदन प्रस्तुत गर्ने अवसर पनि पाउने एईसीसीका डेस्टिनेसन हेड झाले बताए। 'जो अस्ट्रेलिया पढ्न चाहनेले क्विक भिसा प्रोसेसको सेवा-सुविधाबारे जानकारी पाउनेछन्,' उनले भने।

कम्पनीका अनुसार अघिल्लो वर्षको मेलामा १२ सय विद्यार्थी तथा अभिभावकले मेला अवलोकन गरेका थिए। यस वर्ष पनि ११-१२ सय अवलोकनकर्ता आउने कम्पनीको अनुमान छ। विद्यार्थी तथा अभिभावकलाई सहयोग हुने हिसाबले मेला आयोजना गर्दै आएको झाको भनाइ छ। 
एईसीसी कम्पनी नेपालमा आठ वर्षयता सञ्चालनमा छ। कम्पनीको मुख्य कार्यालय अस्ट्रेलियाको मेलबर्न सिटीमा रहेको छ। विश्वका नौ देशमा कम्पनीका २९ वटा शाखा विस्तार छन्। नेपालमा मात्रै काठमाडौँ, पोखरा र चितवन गरी तीन ठाउँमा शाखा रहेका छन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि