‘हामी सेकेन्ड ह्यान्ड समाजमा बाँचेका छौँ’

writer

मेनुका कोइराला

शनिबार, २८ पुष २०७५


काठमाडौँ, चप्पलकारखानास्थित नेसनल कलेजको क्यान्टिनमा सजु महर्जन, इशा श्रेष्ठ, निर्मल खत्री, सयम थापा, श्रद्धा राई, श्रेया खतिवडा, गरिमा पन्त, प्रतिष्ठा सुवेदी गफिएर बसेका थिए। उनीहरू ‘डेभलपमेन्ट स्टडिज’ पहिलो वर्षका विद्यार्थी हुन्।प्रतिष्ठाः तिमीहरू आज गौशालाको जाम फस्यौ ?

सजुः त्यही जामले गर्दा नै आज म क्लासमा २० मिनेट ढिला भएँ।

इशाः गौशालामा जहिल्यै जाम हुन्छ। केही नभए पनि १० मिनेट त जाममा बस्नै पर्छ।

गरिमाः कतिको प्याक हुन्छ तिमीहरूको घरतिर जाने बस ?

प्रतिष्ठाः म त सधैँ गाडीको ढोकामा भुण्डिएर जान्छु। 

श्रद्धाः हाम्रोतिरको हाल पनि उस्तै हो। माइक्रोमा झन् उभिने ठाउँसमेत हुँदैन। निहुरिएर ढाडै दुख्छ।

सजुः केटाहरूभन्दा केटीहरूलाई बढी ग्राहो हुन्छ। 

श्रद्धाः सुरक्षाका हिसाबले यस्ता भरिभराउ हुने माइक्रो केटीहरूका लागि ठीक होइन। 

निर्मलः के कुरा गर्छन् यिनीहरू ? कोचाकोच माइक्रोमा चढे केटाहरूलाई पनि उत्तिकै गाह्रो हुन्छ नि ! कहिलेकाहीँ मात्र पाउने सिट पनि केटीहरूका लागि छोड्नपर्ने रे ! केटीहरूले त छोड्दैनन् नि केटाका लागि सिट।

श्रेयाः सिट उभिन्न नसक्नेका लागि मात्र छोड्ने हो के ! 

निर्मलः केटाहरू पनि सधैँ हट्टाकट्टा हुन्छन् भन्ने छैन। निहुँरिएर यात्रा गर्दा हामीलाई पनि गाह्रो हुन्छ। बल्ल–बल्ल सिट पाइएको हुन्छ त्यो पनि छोड्नुपर्छ। साह्रै रिस उठ्छ त्यतिबेला। 

गरिमाः सबै केटा सफा नियत भएका हुन्छन् भन्ने पनि त छैन। खराब नियत भएकाहरूले त भीडको फाइदा उठाउछन्। महिलामाथि दुव्र्यवहार गर्छन्।

सजुः महिलालाई असहज महसुस हुने गरी छुने, एकोहोरा हेरिरहनेलगायत दुव्र्यवहार सार्वजनिक यातायातमा हुने गर्छन्। 

इशाः हो भन्या, कसैले एकैनासले तलदेखि माथिसम्म हेरिरहँदा कस्तो असहज महसुस हुन्छ। यस्ता घटना धेरै पटक भोगिसकेँ। अस्ति मात्र पनि भयो यस्तो घटना। ‘मैले के हेरेको ?’ भनेपछि त्यो मान्छे खुरुक्क बसबाट ओर्लियो। 

गरिमाः यस्तै दुव्र्यवहारका कारण एक दिन म र मेरो साथी गन्तव्य नआई पहिला नै झ¥यो। त्यस घटनाले गर्दा साथीलाई निकै तनाव भयो। उसले परीक्षासमेत दिन सकिन।

निर्मलः आजभोलि केटी मात्र होइन, केटाहरूले पनि दुव्र्यवहार भोग्नुपर्छ। के भाको हो, बुझ्नै सकिन्न। 

श्रद्धाः अहिले विश्वभरि ‘ह्यासट्याग मी टू अभियान’ चलेको छ। खोई त नेपाली महिला बोलेको ? यहाँ हुँदैन होला त यौन दुव्र्यवहार ?

सयमः खुलेर बोल्न सक्नुपर्‍यो नि ! एक–दुइटा केस सुनिएका थिए, ती पनि कता हराए कता।

श्रद्धाः हो त रश्मिला प्रजापतिले केशव स्थापितमाथि दुव्र्यवहारको आरोप लगाएकी थिइन् नि ! उनीबाहेक अरूले मुख खोल्न सकेनन्। यौन हिंसाविरुद्ध खुलेर नबोल्दा पीडित सधैँ पीडामा नै रहिरहन्छ। अपराधी भने स्वतन्त्र भएर हिँड्छ।

प्रतिष्ठाः बलात्कार हुँदा न्याय दिनुको साटो उल्टै महिलालाई दोष दिइन्छ। त्यसैले डराएर महिलाहरू बोल्दैनन्। यस्तै छ हाम्रो समाज।

श्रद्धाः समाजको डरले चुप लागेर बस्न पनि त भएन नि ! चुप लागेर बस्नु भनेको अपराधीलाई अर्को अपराध गर्न उक्साउनु हो। मी टू अभियानलाई हेर न, एउटा महिलाले गर्दा संसारभरिका महिला यौन हिंसाविरुद्ध बोले।
सयमः हो है, हलिउड–बलिउडका नसोचेका सेलिब्रिटीले यौन दुव्र्यवहार गरेको समाचार आउँदा म त छक्कै परेँ। 

इशाः हामीले आफूमाथि भएको गलत कुरालाई लुकाउनु हुँदैन। त्यसविरुद्ध बोल्नुपर्छ। समाजले भन्यो भन्दैमा आत्महत्या त गर्नै हुँदैन। त्यो गर्नु मूर्खता हो।  बलात्कार हुँदैमा जिन्दगी नै सकिने त हैन नि ! बरु न्यायका लागि लड्नुपर्छ,  अपराधीलाई सजाय दिलाउनुपर्छ।

निर्मलः जबर्जस्ती गर्नेलाई कानुनअनुसार सजाय दिलाउँछु भनेर हिम्मत पो गर्नुपर्छ। आफ्नो ज्यान फाल्ने हो त ?

सयमः हामी ‘सेकेन्ड ह्यान्ड’ समाजमा बाँचिरहेका छौँ। सबै कुरा पहिलादेखि नै तोकिएका छन्। ‘यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन’... हामी त्यही फलो गरिरहेका छौँ। हामीलाई ‘मलाई नेपाली हुनुमा गर्व छ’ भन्न मात्र आउँछ। 

 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि