शृंखलालाई सम्मान

writer

गोपाल दाहाल

बिहिबार, १९ पुष २०७५


कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित ‘मिस नेपाल वल्र्ड २०१८’ शृंखला खतिवडालाई सिल्भर इन्टरटेन्मेन्टले सम्मान गरेको छ। मिस वल्र्डमा दुई वटा टाइटल जितेर चर्चामा आएकी उनलाई सौन्दर्य प्रतिस्पर्धामार्फत नेपाललाई चिनाउन सहयोग गरेको भन्दै आयोजकका तर्फबाट इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले सम्मानपत्र प्रदान गरे।

मिस नेपाल वल्र्ड २०१० सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गायिका विष्णु चेम्जोङ, गायक विनोद खम्बु, सुनयना श्रेष्ठले गीत गाएका थिए भने मनिता राईले नृत्य प्रस्तुत गरेकी थिइन्। सोही अवसरमा असहाय बालबालिकाका लागि भोजन वितरण गर्ने अभियान ‘ह्यापी टमी रिजन टू स्माइल’ अभियान सञ्चालन गरिरहेका गगन श्रेष्ठलाई आयोजकका तर्फबाट १५ हजार  रुपैयाँ सहयोग गरिएको थियो।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि