सम्पूर्णकर्मी दाहाल सम्मानित

writer

सम्पूर्ण

बिहिबार, १९ पुष २०७५


होटल एसोसिएसन अफ भेडेटारले लेख, रचनामार्फत पर्यटन प्रवद्र्धन र विकासमा योगदान पुर्‍याएको भन्दै अन्नपूर्ण सम्पूर्णकर्मी गोपाल दाहाललाई सम्मान गरेको छ।

प्रदेश नं १ का मुख्यमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि शेरधन राई र एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले दाहाललाई पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।

धरानमा रहेर डेढ दशकदेखि पत्रकारिता गरिरहेका दाहालले समाचार, लेख, रचनामार्फत भेडेटारको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँदै आएकाले सम्मान गरिएको एसोसिएसनका अध्यक्ष रुम्दालीले बताए।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि