अमिताभसँग फिल्म खेल्दै दीपिका

सम्पूर्ण
आइतबार, २५ असोज २०७७
मुम्बई : अभिनेत्री दीपिका पादुकोण बलिउड हस्ती अमिताभ बच्चनसँग देखिने भएकी छन्। नाग आश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र अर्का नायक प्रभाष यसअघि नै अनुबन्धित थिए। शुक्रबार अमिताभ पनि सो फिल्ममा देखिने घोषणा गरियो।
फिल्म निर्माता कम्पनी व्याजयन्ती मुभिजको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘करोडौंको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी फिल्ममा स्वागत गर्छौँ। हाम्रो यात्रा अझै बृहत् बन्दै छ।’ फिल्म निर्माण कम्पनी व्याजयन्तीको स्वर्ण वर्षगाँठ पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ।
त्यसैगरी अमिताभले ट्विट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन्। स्मरण रहोस्, उनी हाल सोनी च्यानलको ‘कौन बनेगा करोडपति’ कार्यक्रममा व्यस्त छन्। निर्देशक आश्विनका अनुसार फिल्म सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ। दीपिका तामिल फिल्म ‘कोचादैयाँ’मा पनि अनुबन्धित छिन्।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७