बयानमा दीपिकाको रोइलो

एजेन्सी
सोमबार, १२ असोज २०७७
फिल्मका कथामा अभिनेत्रीहरू यति भावुक अभिनय गर्छन् कि नरोई कहाँ सुख पाइन्छ र ? तर जब वास्तविक जिन्दगीमा पनि उनीहरूको रुने दिन आउँछ तब कथाले अर्कै मोड लिन्छ । बलिउडमा पनि धेरै अभिनेत्रीको रुने दिन आएको छ । शनिबारको दिन बलिउडका केही अभिनेत्रीका लागि निकै दुःखद रह्यो । त्यसमध्ये एक थिइन्, दीपिका पादुकोण । नार्कोटिक्स सेन्ट्रल ब्युरो (एनसीबी)सँग सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताइएको छ ।
दीपिका तीन÷तीनपटक रोएपछि एनसीबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबै कुरा साँचो बोले मात्रै उनका लागि राम्रो हुने बताइयो । उनको मोबाइलसमेत जफत गरिएको छ ।
दीपिकाले च्याटमा सहभागी भए पनि आफूले लागूऔषध सेवन गरेको तथा ओसारपसार गरेको आरोप अस्वीकार गरेकी छन् ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७