शोकमा सुन्दरता ?

सम्पूर्ण
आइतबार, १८ साउन २०७७
राजेश हमाल आफैँले विवाद सुरु गरेका त होइनन्, तर बेला–बेलामा महानायक विवादको अगुल्टोलाई उनले पनि ठोस्ने गरेका छन् । मिडियामा गएर अन्तर्वार्ता दिएपछि सेलाउन लागेको विवाद उम्लिहाल्छ ।
तर, यता विवाद चलिरहँदा राजेशका भाइ राकेश हमालको निधनको समाचार आयो । त्यसको भोलिपल्ट राजेश अन्त्येष्टिमा भावुक भएका हेडलाइन आए ।
तर, भाइको अन्त्येष्टिको भोलिपल्टै राजेशले एउटा तस्बिर राखे र क्याप्सन लेखे ‘सुन्दर दिन...।’ उनका पक्षमा खहरे खोलाझैँ उर्लिरहेका फ्यानलाई पनि यो तस्बिर भने बिझायो ।
केहीले नम्र स्वरमा भाइ बितेको भोलिपल्ट राखिएको यस्तो तस्बिर र क्याप्सनले खल्लो बनाएको कमेन्ट गरे । झट्ट हेर्दा भाइ बितेको भोलिपल्ट यस्तो तस्बिर र क्याप्सन स्वाभाविक थिएन । तर, महानायक हुन् ! शोकमा पनि सुन्दरता देखे होलान् ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७