निरन्तर तमासा

सम्पूर्ण
आइतबार, १८ साउन २०७७
भुवन केसी र साम्राज्ञीराज्यलक्ष्मी शाहको विवाद टुंगिने छाँट छैन। एकपछि अर्को लफडा चलिरहेको छ। केही दिनदेखि साम्राज्ञी चुप थिइन्।
पार्टी गरेको र लङ ड्राइभको मज्जा लिइरहेको स्टोरी हालेर बसिरहेकी थिइन्। लागेको थियो, यो च्याप्टर यहीँ सकियो। तर, यता भुवनले भने भित्रभित्रै मुद्दाको तयारी गरिरहेका रहेछन्। नभन्दै उनले अदालत खोलेको भोलिपल्टै साम्राज्ञीविरुद्ध मानहानिको मुद्दा हाले। मुद्दासँगै उनले १० करोड रुपैयाँको क्षतिपूर्ति पनि दाबी गरेका छन्। आफूलाई साम्राज्ञीले ‘परभर्ट’ भन्दै आफ्नो बदनाम गरेकाले अदालतको ढोका ढकढक्याएको भुवनको जिकिर छ। यता भुवनले साम्राज्ञीलाई मुद्दा हालिरहँदा अर्कातिर भने ‘ड्रिम्स’ प्रोडक्सन म्यानेजर गणेश सापकोटाले भने साम्राज्ञीमाथि नशालु पदार्थ सेवन गर्ने गरेको आरोप लगाएका छन्। यस प्रकरणमा भुवन नजोडिए पनि धेरैले भने सापकोटालाई भुवनकै आड रहेको अनुमान गरेका छन्। भुवनले मुद्दा हालेको खबरपछि साम्राज्ञीको केही प्रतिक्रिया आएको छैन। तर, उनले पनि भुवनको सामना गर्ने रणनीति बनाइरहेको चर्चा छ।
यो प्रकरण तन्केको देखेर बाहिरबाट तमासा हेर्नेलाई दिक्क लागिसक्यो। भुवन र साम्राज्ञीलाई कहिले लाग्ने होला ?
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७