यसै–यसै शिथिल

writer

ओम बानियाँ

आइतबार, १८ साउन २०७७


सफल सम्भोग हेतु उत्तेजनाका कारण लिंगको नसाहरूमा तन्काइ भई लिंग निश्चित सीमासम्म कडा हुनु जरुरी हुन्छ। नत्र लिंगलाई योनिमा प्रवेश गराउन समस्या हुन्छ। पुरुषको यस्तो यौन समस्यालाई लिंग उत्तेजनाको समस्या (इरेक्टाइल डिस्फंक्सन) भनिन्छ। यस्तो  समस्यामा अनेक पटक सम्भोगका लागि व्यक्तिको लिंग तयार हुन्छ, तर सम्भोगपूर्व वा सम्भोग प्रारम्भ गर्नासाथ लिंगको कडापन  समाप्त हुन पुग्छ। परिणामस्वरूप सम्भोग क्रियामा कठिनाइ पैदा हुन्छ। यस्तो यौन विकारबाट ग्रस्त व्यक्ति उदास र निराश हुन्छ। उसले पत्नी वा गर्लफ्रेन्डका सामुन्ने हीनताबोध गर्छ।

यो यौन समस्याबाट निकैै पुरुष पीडित छन्। १५ देखि २० प्रतिशत पुरुष यो समस्याबाट पीडित भएको एक अध्ययनले देखाएको छ। उमेर ढल्कँदै गएको खण्डमा यो समस्या अझ बढ्ने सम्भावना हुन्छ। यो समस्याको समयमै उचित समाधान खोजिएन भने यसले थुप्रै किसिमका मनोविकार पैदा गर्न सक्छ। प्रायः यस समस्याबाट पीडित व्यक्ति डिप्रेसनबाट ग्रस्त भएको देखिन्छ। 

यो समस्यालाई पहिला नपुंसकता भनिन्थ्यो। पतिमा यो समस्या भएको खण्डमा पत्नी पनि ज्यादै चिन्तित, असन्तुष्ट र दुःखी हुन्छन्। यो विकार विभिन्न रूपमा देखापर्न सक्छ। जस्तैः लिंग कहिल्यै पनि नउठ्नु, व्यक्तिले लिंग उठेको कहिल्यै महसुस नगर्नु। पहिला–पहिला लिंगको कडापन ठीकठाक रहनु, तर बिस्तारै–बिस्तारै वा अचानक लिंगको उत्तेजनामा समस्या देखापर्नु। लिंग उत्तेजित हुनु तर लिंगलाई योनिमा प्रवेश गराउनुपूर्व वा गराउनेबित्तिकै लिंग नरम हुनु। एक अध्ययनअनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंग उत्तेजनासम्बन्धी समस्याले ग्रस्त छन्। तीमध्ये १० प्रतिशत पुरुषको लिंग बिलकुल उत्तेजित हुँदैन।

समस्याको कारण
उत्तेजना समस्याका प्रमुख दुई कारण छन्, शारीरिक र मनोवैज्ञानिक। 

शारीरिक रोग लिंग उत्तेजना कम हुने समस्या र नपुंसकताको कारण बन्न सक्छ। मधुमेह, ढाड र मेरुदण्डका रोगले पनि यो समस्या उत्पन्न गर्न सक्छ। यसै गरी औषधिहरूको सेवनका कारण पनि यो समस्या देखापर्छ। एन्टिडिप्रेसेन्ट प्रयोग गर्ने ९० प्रतिशत मानिसमा लिंग उत्तेजनाको समस्या देखापर्छ। 

यो समस्याको प्रमुख कारण मनोवैज्ञानिक नै हो। त्यसबाहेक पत्नी आकर्षक नलाग्नु, पत्नीको व्यवहार ठीक नहुनु, पत्नी यौन क्रियाप्रति व्यावहारिक नहुनु, अस्वस्थ भइरहनु, यौन सम्बन्ध स्थापित गर्दा अरूले देख्ने, समातिने र दण्डित हुने डर र चिन्ता, विफलताको भावना, दोषपूर्ण यौन व्यवहार,  अन्तद्र्वन्द्व, कुण्ठा र अपमानको भावना, पति–पत्नीबीच झैझगडा आदिले गर्दा पनि लिंग उत्तेजनामा समस्या देखापर्न सक्छ। 

समाधान

सबैभन्दा पहिले लिंग उत्तेजनाको समस्याको कारण मनोवैज्ञानिक हो कि शारीरिक, त्यो पहिचान गर्नुपर्छ। यस्तो पहिचानका लागि चिकित्सकको सहयोग आवश्यक हुन्छ। यस्तो स्थितिमा समस्याको सही डायग्नोसिसका लागि विशेष जा“च गर्न आवश्यक हुन्छ। तर, नपुंसकताको शिकार भएका व्यक्तिको लिंग यदि सुतेको बेलामा, सपनामा वा अन्य कुनै बेला पूरा तनावमा आउ“छ भने समस्या मनोवैज्ञानिक मान्नुपर्छ। यदि उत्तेजना बिस्तारै–बिस्तारै कम हु“दै गएको छ भने यो समस्याको कारण शारीरिक हुन सक्छ। 

मनोवैज्ञानिक कारणबाट पैदा भएको यस्तो यौन समस्याको उपचारका लागि मनोवैज्ञानिक विधि उचित हुन्छन्। जस्तैः यौन शिक्षा, मानसिक उपचार, दाम्पत्य चिकित्सा, व्यवहार चिकित्सा आदि। त्यसो त मनोवैज्ञानिक कारणबाट पैदा भएको नपुंसकताका लागि पनि औषधि र भ्याक्युम पम्प आदि प्रयोग गर्न सकिन्छ। 

शारीरिक कारणबाट पैदा भएको नपुंसकताको उपचारका लागि पहिले शारीरिक रोगको पहिचान गर्नुपर्छ। रोगको निदान भएपछि नपुंसकता आफँै ठीक हुन सक्छ। तर, कतिपय अवस्थामा रोग ठीक भएपछि पनि नपुंसकताको समस्या रहिरहने हु“दा यस्तो अवस्थामा मनोवैज्ञानिक विधि अपनाउन सकिन्छ। 

यस समस्यामा प्रयोग गरिने औषधिको साइड इफेक्ट हुने गर्छ र सबैका लागि उपयुक्त नहुन सक्छ। यस्ता औषधि चिकित्सकको परामर्शबिना आफैँ सेवन गर्नु हुँदैन।

तपाईको कमेन्ट