भाइरस घरघर पुग्ने भय

writer

सम्पूर्ण

शुक्रबार, १६ साउन २०७७


स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ‘टर्च’ बालेरकोरोना संक्रमितलाईएक–एक गरी खोजी गरिरहेको दाबी गरे। तर, सरकारले परीक्षणको संख्या घटाउँदै लगेको र लकडाउन हटाइएका कारण संक्रमण समुदायमा फैलिन थालेको छ। कोरोना नियन्त्रणमा सरकारले सुरुदेखिनै जेजस्ता दाबी गर्दै आयो, त्यसअनुरूप काम नभएको हामी सबैले भोगिसकेका छौँ। सरकारले दाबी गरेअनुसार काम गर्न सकेको भए यतिबेला हामी सायद संक्रमण नियन्त्रण गर्ने चरणमा प्रवेश गरेका हुने थियौँ। तर, सरकारले जुन बेला जे कडाइका साथ गर्नुपथ्र्यो, त्यो गरेन। गत चैत ११ गते लकडाउन गरेपछि लामो समय विभिन्न ‘ट्रायल’ गरेर बिताएको सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’र क्वारेन्टिन व्यवस्थापनमा गरेको लापर्बाहीको चर्को मूल्य तिर्नुपर्ने अवस्था आइलागेको छ। 

छिमेकी देश भारत, त्यसमा पनि नेपालसँग सीमा जोडिएका राज्यमा संक्रमण उच्च दरमा बढिरहेका बेला नेपालमा लकडाउन खोलिएको र आवागमन सहज बनाउँदै लगिएकाले कोरोना संक्रमण घरघरमा पुग्ने स्थिति आएको छ। भारतबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्ने र अनिवार्य रूपमा पीसीआर परीक्षण नगराउने हो भने स्थिति भयावह हुन सक्छ। समुदायमा कोरोना फैलिएको राजबिराजमा पनि भारतबाट संक्रमित भएर आएका व्यक्तिबाट नै अन्यमा भाइरस सरेको पाइएको छ। यसैगरी,भारतबाटनै काठमाडौँ आएका एकै परिवारमा पाँच जनामा कोरोना भाइरस पुष्टि भएको छ। यी दुइटा उदाहरणलाई मात्र गम्भीर भएर हेर्ने हो भने सरकारले अब चाल्नुपर्ने कदमबारे प्रस्ट हुन सकिन्छ। 

टर्च बालेर संक्रमित खोजिरहेको बताउनेसरकारले कोरोना भाइरसलाई समुदायमा डढेलोजसरी फैलिननदिने हो भने अब ‘ट्रायल फेज’ बाट माथि उठ्नैपर्छ। कोभिड–१९ नियन्त्रणका लागि लकडाउननिर्विकल्प विधि होइन। यस तथ्यलाई विश्वभर आत्मसात् गरिएको छ। तर, लकडाउन खुलेपछिके गर्ने भन्ने स्पष्ट रणनीतिनहुँदा विश्वका अन्य देशमा पनि संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ। त्यसैले परीक्षणको संख्या घटाएर संक्रमितको संख्या पनि कम देखाउनेसरकारको रणनीति आगामी दिनमा हाम्रालागिघातक हुने खतरा छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोभिड–१९ संक्रमण ‘क्लस्टर अफ केसेज’ अर्थात् ‘समूहमा संक्रमण’ देखिएको जनाएको छ। यो भनेको समुदायमा फैलिनुअघिको अवस्था हो। कतिपय स्थानमा समुदायमा फैलिसकेको र कतिपय स्थानमा कुनै ‘ट्राभल हिस्ट्री’ नभएका मानिसमा पनि कोरोना संक्रमित भएकाले हामीकहाँ कोरोना संक्रमण समुदायमा पुगिसकेको पुष्टि हुन्छ। नेपालमा संक्रमितमा लक्षण नदेखिएकाले पनि संक्रमणको भयावह रूप प्रकट भइसकेको छैन। जनस्वास्थ्य–विज्ञहरूले अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्ने बताइरहेका छन्। संक्रमण फैलिएको देशबाट नेपाल आउनेलाई ‘टे«सिङ’ तथा परीक्षण गर्न सकिएन भनेसंक्रमण नियन्त्रण गर्नै नसकिने गरी फैलिने भन्दै विज्ञले चिन्ता व्यक्त गरिरहेका छन्। डब्लूएचओले कोरोना संक्रमणको विस्तारलाई ‘स्पो¥याडिक केसेज’, ‘क्लस्टर अफ केसेज’ र अन्तिममा ‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् समुदाय तहमा संक्रमण फैलिएको भनेर परिभाषित गरेको छ। नेपालमा अहिले जति संख्यामा पीसीआर परीक्षण भइरहेको छ र त्यसबाटजुनसंख्यामा पोजिटिभ देखिएका छन्, त्यसलाई हेरेर समुदायमा फैलिनसकेको भन्न सकिए पनि ‘प्रमाण’हरूले भने संक्रमण समुदायमा फैलिसकेको भन्दै जनस्वास्थ्य–विज्ञ चिन्तित छन्। विभिन्न स्थानमा संक्रमण समुदायमै पुगिसकेकाले अब हामीले तथ्यांक र तर्क अघि सारेर मात्र पनि सुख पाउनेछैनौँ। सुरुसुरुमा संक्रमितमा लक्षण देखिएको थिएन। अब लक्षणसहितका बिरामी देखापर्न थालेका छन्, अधिकांश संक्रमित‘आइसोलेटेड’ रहेर निको भएपछि घर फर्किएका थिए। अब विशेषहेरचाहसहितको अस्पताल तथा भेन्टिलेटर चाहिने बिरामी देखापर्न थालेका छन्। एकपछि अर्को गर्दै चुनौती थपिँदै गएका छन्। त्यसैले सरकारले अन्य देशको तुलनामा हामीले गरेको काम कुन आधारमा कमजोर छ भनेर तर्क अघि सार्ने मात्रै होइन कि खराबभन्दा खराबपरिस्थिति आउँदा पनि त्यसको सामना गर्न सक्ने अवस्थामा आफूलाई राख्नुपर्छ।

लकडाउनको सुरुवाती चरणमा भारतबाट नेपाल भित्रिने र नेपालमै पनि एक स्थानबाट अर्को स्थानमा जाने मानिसलाई व्यवस्थापन गर्नमा सरकार जसरी चुक्यो, अहिले लकडाउन खुलेपछि पनि सरकार आवागमन व्यवस्थापन गर्नमा चुक्दै छ। नेपालमा लकडाउन खुलेपछि भारतबाट निष्फिक्री आवागमन हुन थालेको छ। त्यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको र त्यताबाट यता आउने बिनारोकतोक गाउँ–गाउँ पुगिरहेकाले  संक्रमण घरघरमा पुग्ने अवस्था बनेको छ। विशेष गरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउलेसंक्रमण तीव्र गतिमा बढ्ने खतरा छ। यसरी आवतजावत गर्नेलाई क्वारेन्टिनमा राख्दा र पीसीआर परीक्षण गर्न सक्दामात्र हामी कोरोना फैलिनबाट रोक्न सक्छौँ। लकडाउन खुलेपछि अपनाउनुपर्ने सावधानीमा पनि हामीले फिटिक्कै ध्यान दिन सकेका छैनौँ। व्यक्तिगत तहमा आफूले अपनाउन सक्ने सतर्कता अपनाएर कोरोना संक्रमणबाट जोगिन सर्वसाधारण सजग रहनुको विकल्प छैन। 

तपाईको कमेन्ट