विदेशी ब्रान्डका व्यवसायी

writer

निर्दोष घोरासाइने

शनिबार, १० साउन २०७७


रूपेश पाण्डेले करिब पाँच दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भिœयाएका छन्। फेसन र गुणस्तरको पहिचान भएका युवालाई पहिरन, जुत्ता, ब्याग आदि सुलभ मूल्यमा उपलब्ध गराएका छन्। 


नेपाली ‘रिटेल’ फेसन बजारमा केही वर्षदेखि चम्किलो ताराको रूपमा उदाएको नाम हो, रूपेश पाण्डे। काठमाडौँमा पुस्तैनी कपडाको व्यापार र फेसन सोरुम खोलेर बसेका कैयौँ व्यवसायीको प्रतिस्पर्धामा उत्रेका थिए, वीरगञ्जका एक युवा। डेढ दशकभित्र आफूलाई यस क्षेत्रमा अग्रणी व्यवसायीको रूपमा स्थापित गरी आफ्नो क्षमताको परिचय दिएका छन्। 

साठीको दशकमा काठमाडौँमा व्यापार गर्न भनेर प्रवेश गरेका रूपेश त्यसअघि यो शहरमा घुम्नका लागि भनेर एकदुई पटक केही दिनका लागि मात्र आएका थिए। वीरगञ्ज, हेटाँैडा र नारायणगढमा पनि उनले व्यापार सञ्चालन गरेका थिए। त्यहाँ पनि उनले सफलता नै हात पारेका थिए। पछि उनलाई काठमाडौँमा व्यापार गर्ने इच्छा जाग्यो। २०६० सालमा पहिलोपल्ट व्यापार गर्ने उद्देश्यले राजधानी भित्रिए। 

भारतबाट आयात गरेर महिला पहिरन सारी, कुर्ता, लेहँगालगायत विभिन्न स्टोरलाई सप्लाई गर्ने काम गरे। सुरुवाती दिनमा केही समस्या आए पनि उनको कारोबार बिस्तारै फैलिँदै गयो। काठमाडौँका व्यवसायीलाई माग अनुरूप सामग्री उपलब्ध गराउनका लागि विभिन्न स्थानमा गोदामको व्यवस्था गर्नुप¥यो। यस्तो गोदाम भाडामा लिएर सञ्चालन गर्नुभन्दा आफँैले घर किन्ने सोच उनले बनाए। 

२०६६ सालबाट उनले आफ्नो व्यवसायमा नयाँ आयाम थप्ने सोच बनाए। सधैँ न्युरोडको अग्लो घरमा रहेको आफ्नो अफिसबाट बजार नियाल्ने रूपेशले आफँै सडकमा ओर्लने सोच बनाए। ग्राहकसँग कुनै माध्यमबाट सम्पर्क गर्नुभन्दा सोझै सम्पर्क गर्ने उपाय निकाले। काठमाडौँ, इन्द्रचोकनजिकै खोले, ‘जय अम्बे सारी सोरुम’। 

सामानको ‘सप्लाई’ गर्नु र आफैँ ‘रिटेल’ गर्नुमा धेरै फरक हुन्छ। तर, उनको व्यवसायले गति लियो। शहरको परिधि बढ्दै गइरहेको अवस्थामा केवल न्युरोडको व्यापारले सन्तुष्ट हुन सकेनन्, उनी। शहरको बाक्लो बस्ती भएको सबै क्षेत्रमा सस्तो, गुणस्तरीय र ब्रान्डेड पहिरन पु¥याउन सके व्यापार फैलिन सक्छ भन्ने उनको सोचले उनलाई काम गर्न हौस्यायो। केही वर्षमा नै उनले काठमाडौँका विभिन्न क्षेत्रमा करिब दुई दर्जन सोरुम स्थापना गरे। 

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड
तर, भारतीय महिला पहिरनका ब्रान्डमा सीमित हुनुले पनि उनलाई पूर्णता पाएको आभास भएन। नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्ड प्रतिको लगाव बढ्दै गइरहेको अनुभव उनले गरे। त्यसैले दरबारमार्ग, लबिम मल, जावलाखेलजस्ता ठाउँमा विदेशी ब्रान्डका पसल खोले। काठमाडौँ, दरबारमार्गमा ‘डा मिलानो’, ललितपुरको लबिम मलमा ‘लुइस फिलिप’, ‘इन्डियन टेरेन’ र ललितपुरकै जावलाखेलमा ‘एपी’ ब्रान्डका सोरुम आरपी ग्रुपको स्वामित्वमा खोलिए। 

२०६६ सालमा रिटेल व्यवसायमा प्रवेश गरेका रूपेशले करिब पाँच दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भिœयाए। फेसन र गुणस्तरको पहिचान भएका युवालाई सबै थरीका पहिरन, जुत्ता, ब्याग आदि सुलभ मूल्यमा उपलब्ध गराए। 

अब उनी नयाँ आयामको खोजीमा छन्। अहिले भएको व्यवसायलाई अझ मजबुत गर्दै लैजानका लागि उनका सहयोगी पर्याप्त छन्। उनी आफू भने अब नयाँ व्यवसायमा हात हाल्ने सोचमा छन्। अहिलेसम्म नेपालीलाई विदेशी सामानको स्वाद चखाएका रूपेशलाई अब विदेशमा नेपाल लैजानुपर्छ भन्ने सोचले घच्घच्याइ रहेको छ। उनलाई थाहा छ, नेपालको उत्पादनलाई विदेश पु¥याउन सबैभन्दा पहिलो समस्या गुणस्तर, त्यसपछि चाहिने मात्रामा परिमाणको कमी र तेस्रो आपूर्तिको निरन्तरता हो। यी विषयमा अध्ययन गरेर मात्र ठोस कदम चाल्ने सोचमा उनी पुगेका छन्।

सफलताको मन्त्र 
सफलताको श्रेय उनी आफ्नो लगनशीलतालाई दिन्छन्। हरेक दिन बिहान साढे ४ बजे आँखा खुलेपछि उनको नियमित दिनचर्या सुरु हुन्छ। घरमा बिहानी पूजा गरेर निस्केका रूपेश नियमित गणेश मन्दिर जान्छन्। नियमित हनुमान चालिसा पाठ गर्छन् र एक कप कफी खाएर अफिस पुग्छन्। यो निरन्तरताले व्यवसायलाई मजबुती प्रदान गरेको उनले बताए।

निरन्तरता र विश्वसनीयताका साथै आफूसँग काम गर्ने सहयोगी हातले पनि आफूलाई सफल बनाउन मद्दत गरेको उनले बताए। आफ्नो कर्मचारीलाई पनि उनी साझेदारका रूपमा हेर्छन्। 

रूपेशको जनसम्पर्क पनि राम्रो छ। व्यवसायबाट बाँकी रहेको समय उनी जनसम्पर्कमा प्रयोग गर्छन्। सम्बन्ध बनाएर, भेटघाट गरेर र सौहार्दपूर्ण रूपमा आफ्ना समस्या व्यक्त गरेर समस्याको समाधान गर्न सकिन्छ भन्ने  उनको मान्यता हो। दरबार मार्गमा प्रायः उनलाई व्यवसायी, होटल सञ्चालक तथा आफ्ना अन्य प्रतिस्पर्धी व्यवसायी जोकोहीसँग पनि गफिँदै कफी पिउँदै गरेको भेट्न सकिन्छ। शायद, यो पनि उनको सफलताको कारकमध्ये एक हुन सक्छ। कुनै पनि व्यवसाय गर्नुभन्दा अगाडि त्यो व्यवसायको बजारको अध्ययन गरी भविष्यको योजना बनाउने बानी र कुनै पनि व्यवसाय आफैँमा सानो वा ठूलो हुँदैन भन्ने सकारात्मक सोच राख्ने बानीले गर्दा पनि उनी सफल व्यवसायीको रूपमा चिनिएका हुन्। 

व्यक्तिगत जीवन
देशको दोस्रो आर्थिक राजधानी मानिने वीरगञ्जमा २०३३ साल असोज १० मा जन्मिएका रूपेशका पुर्खा सय वर्षअघि नै वीरगञ्जमा बसाइँ सरेका हुन्। उनका पिता प्रधानाध्यापक थिए र छोरालाई पनि पढाइ गर्न निरन्तर जोड दिइरहन्थे। बाबुको आग्रह नकार्न नसकेकाले पढाइ रोक्न सकेनन्। व्यवसाय गर्दागर्दै बीकमसम्मको अध्ययन सकाए। 

धर्ममा अगाध आस्था राख्ने परिवारमा जन्मेका उनी हरेक दिन नियमित मन्दिर गई गणेश पूजा सकेर हनुमान चालिसा पढ्छन्। त्यसपछि परेवालाई गहुँ, चामल खुवाएर मात्र मुखमा पानी हाल्ने गर्छन्। उनको यो दिनचर्या १७ वर्षदेखि चल्दै आइरहेको छ। पुस्तक अध्ययन गर्ने र सिनेमा हेर्ने उनको सोख हो। बलिउडका सलमान खान उनका मन पर्ने अभिनेता हुन्। गायकमा अरिजीत सिंह प्रिय लाग्छन्, उनलाई। हरेक दिन कामबाट ढिलोमा बेलुकी साढे ६ बजे घर पुगिसक्छन्। घरपरिवारसँग सिनेमा हेर्दै र संगीत सुन्दै समय बिताउँछन्। परिवारसँग देश र विदेश घुम्न गइरहने उनी अमेरिकाको हवाई र ब्राजिल पुग्न चाहन्छन्। कोभिडको प्रकोप सकिएपछि यी दुई स्थान घुम्ने उनको योजना छ। 

तपाईको कमेन्ट