कोरोनासम्बन्धी लेखलाई पुरस्कार

writer

सम्पूर्ण

शुक्रबार, ०९ साउन २०७७


नेपाली फिल्म विधामा कलम चलाउने पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले आह्वान गरेको कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहित सोधखोज र वस्तुगत तथ्यांकमा आधारित प्रतिवेदन, रचना तथा धारणासम्बन्धी प्रतियोगितामा उत्कृष्ट ठहरिएका चारवटा लेखलाई पुरस्कृत गरिएको छ।

पाँच जनाको छनोट समितिले मापदण्डसहित मूल्यांकनका आधारमा चार वटा लेखलाई उत्कृष्ट ठहर गर्‍यो। विजेतालाई शनिबार संघको केन्द्रीय कार्यालयमा पुरस्कृत गरियो। प्रतियोगितामा पत्रकार धु्रव लम्साल प्रथम, विष्णु शर्मा द्वितीय, मनोज न्यौपाने र रीना मोक्तान तृतीय भएका थिए। उनीहरूलाई क्रमशः १५ हजार, १० हजार र पाँच–पाँच हजार रुपैयाँ नगद प्रदान गरियो। 

संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि भिडियो र फोटो पत्रकारितालाई लक्ष्य गरेर सोही प्रकृतिका कार्यक्रम पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे। उनले संघ सधैँ सदस्यहरूको हकहितका लागि लड्ने पनि बताए। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि