सर्‍यो टी–ट्वेन्टी विश्वकप

writer

सम्पूर्ण

बिहिबार, ०८ साउन २०७७


अस्ट्रेलियामा यस वर्ष तय भएको आईसीसी टी–ट्वेन्टी पुरुष विश्वकप क्रिकेट एक वर्ष सरेको छ। आईसीसीले कोरोना महामारीका कारण टी–ट्वेन्टी विश्वकप एक वर्ष पछि सारिएको जनाएको छ।

आईसीसीको टेली–कन्फरेन्स बैठकले यही अक्टोवर १८ देखि नोभेम्बर १५ सम्म तय गरिएको टी–ट्वेन्टी विश्वकप एक वर्ष पर सार्ने निर्णय गरेको हो। आयोजक अस्ट्रेलियाले गत मेमै पूर्वनिर्धारित समयमा विश्वकप आयोजना गर्न नसकिने जानकारी गराएको थियो। अस्ट्रेलियाले विश्वकपमा सहभागी १६ टोलीलाई छुट्टाछुट्टै स्थानमा राखेर प्रतियोगिता आयोजना गर्न नसकिने स्पष्ट पारेको थियो। ‘कोरोना भाइरसको महामारी र सुरक्षाका लागि अपनाउनुपर्ने सम्पूर्ण सावधानीका कारण पूर्वनिर्धारित समयमा विश्वकप क्रिकेट आयोजना गर्न सम्भव देखिएन,’ क्रिकेट अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

अस्ट्रेलियाका खेलकुदमन्त्री रिचर्ड कोलबेकले टी–ट्वेन्टी विश्वकप आयोजनाको चुनौती स्विकार्न आफ्नो राष्ट्र सक्षम भएको दाबी गरेका थिए। तर, प्रतियोगिता बन्द रंगशालामा गर्नुपर्ने र दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइनुपर्ने भएपछि अस्ट्रेलियाले हात झिकेको जनाइएको छ। 

अब टी–ट्वेन्टी विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ। फाइनल खेल नोभेम्बर १४ मा हुने जनाइएको छ।

त्यस्तै, सन् २०२३ मा भारतमा आयोजना हुने भनिएको एकदिवसीय विश्वकप क्रिकेट अक्टोबरदेखि नोभेम्बरसम्म हुने आईसीसीले जनाएको छ। फाइनल खेल २६ नोभेम्बरमा हुने बताइएको छ।

कोरोना भाइरसले प्रभावित विश्वस्तरीय प्रतियोगिता आगामी तीन वर्षभित्र पूरा गर्न अहिले नै तालिका सार्वजनिक गरेको आईसीसीले जनाएको छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि