नियम फेर्दै क्रिकेट सुरु

writer

सम्पूर्ण

शुक्रबार, ०२ साउन २०७७


घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा पाहुना टोली वेस्ट इन्डिजले जीत निकालेको छ। साउथह्याम्पटनको रोज बल स्टेडियममा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई चार विकेटले पराजित ग¥यो। जीतसँगै तीन खेलको शृंखलामा वेस्ट इन्डिजले १–० को अग्रता पनि बनाएको छ।

दुई सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले छ विकेट गुमाएर पूरा गरेको थियो। वेस्ट इन्डिजका लागि जेर्मानी ब्ल्याकवुडले ९५ रनको अर्धशतकीय पाली खेलेका थिए। वेस्ट इन्डिजले ३ सय १८ रन जोडेको थियो। घरेलु टोली दोस्रो पालीमा ३ सय १३ रनमा समेटिएपछि वेस्ट इन्डिजले सामान्य लक्ष्य पाएको थियो। दुई टोलीबीचको दोस्रो टेस्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ।

कोरोना भाइरसको महामारीले गत मार्चबाट रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि सुरु भएको हो। कोरोना भाइरसबाट प्रभावित राष्ट्रमा गनिने इंग्ल्यान्डको भ्रमण गर्न क्यारेबियन टोलीले साहसिक निर्णय गरेपछि यो सम्भव भएको हो। यसअघि नै दुई राष्ट्रबीच तय भएको तीन खेलको शृंखला अन्योलमा परेको थियो। घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको शृंखला सुरु भएसँगै क्रिकेटका अन्य प्रतियोगिता पनि सुचारु हुन लागेका छन्। 

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेस्ट निकै फरक थियो। कोरोना कहरका कारण केही नियमसमेत परिवर्तन गरिएका थिए। दुई टोलीबीचको खेल बन्द रंगशालामा सञ्चालन गरिएको थियो। दर्शकलाई मैदान प्रवेश गराइएको थिएन। दर्शकबिनाको खेल भएका कारण खेलाडीले समर्थकको ताली र हुटिङ ‘मिस’ गरेका थिए।

शृंखलामा खेलाडीले बल चम्काउन थुक प्रयोग गर्न पाएनन्। यसअघि खेलाडीले बल चम्काउन थुक, ¥याल र पसिनाको सहायता लिँदै आएका थिए। कोरोनाको महामारीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले थुक प्रयोग निषेध गरेको हो। 

यस शृंखलामा घरेलु अम्पायरले मात्रै अम्पायरिङ गरेका थिए। अन्तर्राष्ट्रिय खेलमा यसअघि तटस्थ अम्पायर राख्नुपर्ने नियम भए पनि यस शृंखलामा घरेलु अम्पायरलाई मात्र राखिएको थियो। वैदेशिक उडान नभएपछि आईसीसीले घरेलु अम्पाएर राख्न पाउने नियम बनाएको हो।

यसै गरी, उक्त शृंखलामा खेलाडीले मैदानमा सामाजिक दूरी कायम राखेर बसेका थिए भने बेला–बेला स्यानिटाइजर प्रयोग गरेका थिए।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि