फ्रान्समा दर्शकसहितको फुटबल

सम्पूर्ण
शुक्रबार, ०२ साउन २०७७
कोरोना भाइरसको महामारीपछि फ्रान्समा पहिलो पटक दर्शकसहितको फुटबल फर्किएको छ। आइतबार राति करिब पाँच हजार दर्शकसामु पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मैत्रीपूर्ण खेल खेलेको थियो। फ्रान्स सरकारले लकडाउनलाई खुकुलो बनाएपछि फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश गराइएको हो।
ले हाभ्रेविरुद्धको मैत्रीपूर्ण खेलका लागि दर्शकलाई मैदान प्रवेश गराइएको थियो। उक्त खेलमा मौरो इकार्डी, नेइमार र काइलिन एमबाप्पेको प्रेरणाले पीएसजीले ९–० को जीत निकालेको थियो।
युरोपमै फ्रान्सले पहिलो पटक रंगशालामा दर्शकलाई प्रवेश दिएको हो। जर्मनी, स्पेन, इंग्ल्यान्ड, इटालीलगायत मुलुकमा भने अहिले पनि दर्शकबिनै लिग सञ्चालन गरिँदै आएको छ।
फ्रान्स सरकारले आन्तरिक रूपमा सेप्टेम्बरसम्म फुटबल गतिविधि गर्न रोक लगाएको छ। तर, च्याम्पियन्स लिगको तयारीमा रहेको पीएसजीको खेल हेर्न दर्शकलाई रंगशालामा अनुमति दिएको हो। प्रदर्शनी खेलमा दोस्रो डिभिजनको हाब्रेले पीएसजीसँग खेलेको थियो। कोरोना फैलिएपछि फ्रान्सले गत अप्रिलमै शीर्ष डिभिजनको लिग रद्द गर्दै पीएसजीलाई उपाधि दिएको थियो।
पीएसजीले च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलका लागि तयारी सुरु गरेको हो। उसले अगस्टमा सिरी ए क्लब एट्लान्टालाई प्रतिद्वन्द्वी पाएको छ। कोरोनाले फ्रान्समा ३० हजार मानिसको ज्यान लिएको छ। प्रदर्शनी खेलको क्रममा पीएसजीका खेलाडीले स्वास्थ्य सेवामा खटिने चिकित्सकप्रति सम्मान व्यक्त गरेका थिए।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७