मेसीको नवकीर्तिमान

writer

सम्पूर्ण

शुक्रबार, ०२ साउन २०७७


स्पेनिस ला लिगा फुटबलको यो सिजन समापनतर्फ उन्मुख छ । उपाधिका  लागि साबिक विजेता बार्सिलोना र रियल मड्रिडबीच प्रतिस्पर्धा चलिरहँदा बार्सिलोनाका कप्तान लियोनल मेसीले भने नयाँ कीर्तिमान कायम गरेका छन् ।

अर्जेन्टिनी स्टार मेसीले ला लिगाको एकै सिजनमा २० गोल र २० नै असिस्ट गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई उसैको मैदानमा १–० गोलले हराउँदा मेसीले यो कीर्तिमान बनाएका हुन् । खेलको पन्ध्रौँ मिनेटमा अर्टुरो भिडालले गोल गर्दा मेसीले पास उपलब्ध गराएका थिए । 

मेसीले बार्सिलोनाकै पूर्वखेलाडी जाभीको कीर्तिमानलाई तोडेका हुन् । जाभीले सन् २००८–०९ को सिजनमा यो कीर्तिमान बनाएका थिए । ३३ वर्षीय मेसीले सिंगो युरोपमै यस्तो कीर्तिमान बनाएका हुन् । युरोपका चर्चित पाँच लिगमै कसैले पनि यस्तो उपलब्धि हासिल गर्न सकेका छैनन् ।  

मेसीले ला लिगाको चालु सिजनमा अहिलेसम्म २२ गोल गरिसकेका छन् । उनी ला लिगको एउटै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीमा दोस्रो नम्बरमा छन् । फ्रान्सका थियरी हेनरीले सन् २००२–०३ को सिजनमा आर्सनलका लागि २४ गोल गरेका थिए । ला लिगामा मेसीको गोल संख्या भने ४ सय ४१ पुगिसकेको छ । यो ला लिगामा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो । उनले ला लिगामै सर्वाधिक ३६ पटक ह्याट्रिक पनि गरेका छन् ।  

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि