कोरोना–कालपछि टुट्नेछन् संगत र सम्बन्ध

writer

मीना उप्रेती

बिहिबार, ०१ साउन २०७७


हिजो हामी चाडपर्वमा धेरैलाई आमन्त्रण गथ्र्यौं। एकअर्काका सुखदुःखमा सरिक हुन्थ्यौँ। मीठोमसिनो बाँडेर खान्थ्यौँ। तर, आउँदा दिनमा अरूलाई आमन्त्रण गर्न पनि डर लाग्छ र आमन्त्रण गरेको ठाउँमा जान पनि डर लाग्छ। यसको अर्थ सामाजिक सम्बन्धमा परिवर्तन आउन सक्छ। भावनात्मक सम्बन्ध अप्ठ्यारोमा पर्न सक्छ।


आज मान्छे अर्काको घरमा जाँदैन। सकेसम्म आफ्नो घर वा कोठाबाटबाहिर निस्कँदैन। निस्किहाल्नुपरे पनि सामाजिक दूरी कायम गरेर हिँड्छ। बाटोमा कसैसँग कुराकानी गर्दैन। घरमा त के,गाउँटोलमा कुनै नयाँ मान्छे देखियो भने सबैले शंकाको नजरले हेर्छन्। कारण, हो कोभिड–१९। यस्ता सावधानीले कोरोनाबाट तबचाउला, तर सामाजिक अन्तरसम्बन्धमा भने नराम्रो असर नपार्ला भन्न सकिँदैन।

संसारभरि देखिएको महामारीले सामाजिक सम्बन्ध, रहनसहन, समाजलाई हेर्ने दृष्टिकोण, मानिसबीचको अन्तरसम्बन्धलाई असर पार्ने देखिन्छ। कोरोनाले समाजमा ल्याउने परिवर्तन दुई किसिमका हुन सक्छन्। एउटा हो, छोटो समयका लागि आउन सक्ने परिवर्तन। योकेही समयकालागि आउँछ, तर यसलाई छिट्टै ‘रिप्लेस’ गर्न सकिन्छ। अर्को हो,लामो समयसम्म रहने परिवर्तन। यसले समाजमा लामो समयसम्म असर गरिरहन्छ। 

समाजमा यस्ता किसिमको महासंकट आएको यो पहिलो पटक भने होइन। तर, अहिलेको परिस्थिति अन्य समयको भन्दा फरक छ। अन्य संकटमा एकले अर्कोलाई सहारा दिने, आश्रय दिने, एक छाक भए पनि सहयोग गर्ने गर्थे भने यो संकटमा जति सकिन्छ, आफूलाई अरूसँग अलग गर्नुपर्ने अवस्था आएको छ। त्यसैले यसअघिका संकटले भन्दा यो संकटले समाजमा बढी प्रभाव छाड्ने देखिन्छ।

सामाजिक संरचनामा असर
कोभिड–१९ कोसबैभन्दा ठूलो असर सामाजिक संरचनामा पर्न जान्छ। हामी नेपाली भीडभाडमा जाँदा रमाइलो मान्छौँ। कुनै शुभ कार्य गर्दा धेरै मान्छे बोलाएर रमाइलो गर्ने हाम्रो चलन छ। जो समाजमा एउटा संरचना बन्दै थियो। दशँै, तिहारजस्ता चाडपर्वमा बजार जाँदा एकदमै भीडभाड भएको ठाउँमा रमाइलो मान्दै पुग्थ्यौँ। यस्ता कुरामा अब परिवर्तन आउन सक्छन्। सामाजिक संरचनामा परिवर्तन आउनु निकै ठूलो कुरा हो। जब सामाजिक संरचनामा परिवर्तन आउँछ, तब सामाजिक सम्बन्धमा पनि  परिवर्तन आउँछ। 

हिजो हामी चाडपर्वमा धेरैलाई आमन्त्रण गथ्र्यौं। सुखदुःख बाँड्थ्यौँ। मीठोमसिनो बाँडेर खान्थ्यौँ। तर, आउँदा दिनमा अन्यलाई आमन्त्रण गर्न पनि डर लाग्छ र आमन्त्रण गरेको ठाउँमा जान पनि डर लाग्छ। यसको अर्थ सामाजिक सम्बन्धमा परिवर्तन आउन सक्छ। भावनात्मक सम्बन्ध अप्ठ्यारोमा पर्न सक्छ। हिजो जुन रूपमा सम्बन्धहरूजोडिएका थिए, अब त्यो अवस्था नआउन सक्छ।

कोरोना लागेर निको भएका मान्छेलाई पनि समाजमा शंकाको नजरले हेरियो भन्ने किसिमका समाचार बाहिरिएका छन्। यस्ता कुराले पनि मानिसहरूबीचको सम्बन्धमा असर पर्न जान्छ। त्यस्तै, कोही मान्छे विदेशबाट आएको छ भने उसलाई क्वारेन्टिनमा जान दबाब दिइन्छ। गाउँबाट फर्केको डेरावाललाई घरबेटीले घरमा छिर्न दिँदैन। यस्ता घटनाले पनि सम्बन्धमा असर पार्न सक्छ। लकडाउनले गर्दा आर्थिक अवस्था डामाडोल भएको छ। समाजमा रोग, भोक बढ्न थालेका छन्। यसले समाजमा दरार ल्याउन सक्छ। घरमा दिनभर खाली बस्दा विभिन्न विचार उब्जिन सक्छन्। परिवारका सबै जना एकठाउँमा बस्दा विचार नमिल्न सक्छन्। त्यसले मनमुटाव ल्याउन सक्छ। 

परिवारका सबै सदस्य एकैठाउँमा दिनभर बस्दा सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै परिवर्तन ल्याउन सक्छ। लकडाउनको राम्रो पक्ष भनेको परिवारका सबै सदस्य एकै ठाउँमा हुने, कुराकानी गर्ने, सुखदुःख बाँड्ने एउटा वातावरण बन्छ। अर्को पाटो, सबै जना सँगै भएपछि विचार नमिल्ने, खटपट हुने हुन सक्छ। लकडाउनको अवधिमा बढेका महिलाविरुद्ध हिंसाका घटनाले यही देखाउँछन्। यो सामाजिक अन्तरसम्बन्धमा आएको एउटा परिवर्तनको नतिजा हो।

जीवनशैलीमा परिवर्तन
हालैएक जना आफन्तको बिहे भयो। अन्य मान्छेले भने, ‘ए त्यसको त पैसा बच्यो नि।’ यसको अर्थ मानिसहरूलाई मान्छेबोलाउने, उनीहरूलाई खुवाउनेलगायत कुरा बोझ भइरहेको रहेछ। उनीहरूले यसलाई आर्थिक बोझको रूपमा लिएका रहेछन्। यसबाट मान्छेको मनोविज्ञान बुझ्न सकिन्छ। अहिलेसम्म बिहे, व्रतबन्धलगायत समारोहमा मान्छेहरू इच्छाले होइन, ‘बोलाइएन भने समाजले के भन्ला, साथीभाइले के भन्ला’ भन्ने डरले मात्र बोलाउँदा रहेछन्। अब मानिसले यसरी पनि विवाह हुने रहेछ भन्ने सिक्नेछन्। अरूलाई निमन्त्रणा दिन छाड्छन्। तर,हाम्रो सामाजिक संस्कार चालचलनत्यो होइन। नेपाली त सबैलाई बोलाएर रमाइलो गर्ने प्राणी न प¥यो। कोरोनाले हाम्रा भेटघाटजस्ता कुरामा परिवर्तन ल्याउन सक्छ। त्यो परिवर्तन के हो भने ‘ल ठीकै छ, अहिले कोरोनाले भेट्न पाइएन, पछि फोनमा कुरा गरौँला’ भनेर भौतिक भेटघाटमा कमी आउन सक्छ।

आजकल कसैको जन्मदिन प¥यो भने फेसबुकमा स्ट्याटस लेख्छन्। शुभकामना दिन्छन्। त्यसमा सयौँ लाइक र शुभकामना पाउँछन्। यसको अर्थ मान्छेहरू भर्चुअल संसारतिर जाँदैछन्, जो समाजका लागि निकै नराम्रो कुरा हो।समाज त व्यक्ति–व्यक्तिबीचको सम्बन्धले बनेको हुन्छ। अब त्यो सम्बन्ध टुट्न सक्छ।अब घरमा एक्लै बसेर संसारसँग जोडिइन सकिने रहेछ भन्ने भावना मान्छेमा जाग्न जान्छ। यसले समाजको संरचनामा ठूलो परिवर्तन ल्याउन सक्छ। हाम्रो संस्कृतिमा परिवर्तन ल्याउन सक्छ।

सामाजिक मनोविज्ञानमा परिवर्तन
यो व्यक्ति–व्यक्तिबीच, समुदाय–समुदायबीच र देश–देशबीच पनि हुन सकछ। यस्ता किसिमका महामारी आइसकेपछि एउटा देशले अर्कोदेशलाई दोष लगाउने, एउटा समुदायले अर्को समुदायलाईदोष लगाउने कुरा आउन सक्छन्। चाहे त्यो जुनसुकै स्तरको मनोविज्ञान हो, त्यसले समाजलाई नराम्रो असर पार्छ। काठमाडौँ धेरैको सपनाको शहर हो। यहाँ आएर मान्छेले निकै प्रगति गरे, कति मान्छेले ठूलठूला घर ठडाए, कतिले उद्योगधन्दा चलाए, धेरै उपलब्धि प्राप्त गरे। तर, महामारीका बेला काठमाडौँ हाम्रा लागि होइन रहेछ भन्दै हिँडेका समाचार आए। कोरोनाले गर्दा उनीहरूको जुन मनोविज्ञान बन्यो, त्यो कहिल्यै नमेटिने मनोविज्ञान हो। कुनै ठूलो समस्यापछि आएको मनोविज्ञानले आफूलाई मात्र नभएर आउँदा सन्तानलाई पनि असर गर्न सक्छ। यसको अर्थ के हो भने अब आउने दैनिक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिवर्तन देखिन्छन्।मान्छे–मान्छेबीचको सम्बन्धको स्थान प्रविधिले लिन सक्छ। ‘फेस टू फेस’ सम्बन्धभन्दा प्रविधिलाई माध्यम बनाइनेछ। प्रविधि नै एक मात्र विकल्प हुनेछ। आउँदा दिनमा मान्छेहरूप्रविधिमा एकदमै निर्भर हुनेछन्, जसले गर्दा माया, दया हराएर जान सक्छन्। टेक्नोलोजीले मानिसको मनोविज्ञानमा निकै असर गर्छ। फेसबुकमा एउटा तस्बिर राखेर त्यसैमा हेर्न थाल्छन्, कसले लाइक ग¥यो, कसले कमेन्ट ग¥यो,कसले गरेन। यदि कसैले गरेको छैन भने ‘त्यसले मेरो फोटोमा लाइक गरेन, अब म पनि गर्दिनँ’ भन्ने सोच आउन सक्छ। यो निकै खतरनाक कुरा हो।

बालबालिकामा पर्ने असर
बालबालिका भाइबहिनीसँग खेल्न निकै रचाउँछन्। तर, अहिले बच्चाहरू घरमा थुनिएका छन्, जसले गर्दा मोबाइल, टीभी, नेटमा बढी अभ्यस्त भएका छन्। यसो हुँदा उनीहरूमा भोलिका दिनमा साथी आवश्यक छैन भन्ने मनोविज्ञान बन्न सक्छ। उनीहरू प्रकृतिसँग रमाउन भुल्न सक्छन्। यसले आउँदो पुस्तामा असर गर्ने देखिन्छ। हिजो बच्चालाई मोबाइल नचलाऊ, किताब पढ, स्कुल जाऊ भन्थ्यौँ। अहिले अनलाइन कक्षा पढ, कम्प्युटरमा पढ भनेर सिकाउँदै छौँ। उनीहरूलाई बाध्य बनाउँदै छौँ। अबका बालबालिकालाई सरको माया के हो भन्ने नै थाहा हुँदैन। यसले चालचलन, व्यवस्था, परिस्थिति सबै कुरालाई फरक तरिकाले हेर्न बाध्य बनाउँछ। आत्मीयता, भावना दर्शाउने कुरामा फरक आउन सक्छ। 

पहिले भेट हुँदा माया दर्शाउन अँगालो हाल्ने, हात मिलाउनेलगायत गरिन्थ्यो। अहिले त्यस्तो गर्न सकिँदैन। यस्तो अवस्था कति समयसम्मरहन्छ, त्यसले भोलिको समाज कस्तो हुन्छ, त्यसलाई दर्शाउँछ। नेपाली समाजको कुरा गर्दा यो अलि धेरै लामो समयसम्म रह्यो भने यसको असर लामो समयसम्म पर्न सक्छ। होइन भने यसलाई बिस्तारै परिवर्तन गर्न सकिन्छ।

कोरोनासँग आर्थिक पाटो पनि जोडिन्छ। त्यसले पनि समाज कस्तो हुन्छ ? मानिसहरूबीच सम्बन्ध कस्तो हुन्छ ?भन्ने कुरालाई दर्शाउँछ। धनी र गरिबबीचको खाडल झन् बढ्न सक्छ। विभेद बढ्न सक्छ। ऋण तिर्न नसकेर सम्बन्धमा दरार आउन सक्छ। लामो समयसम्म लकडाउन भएर देशले आर्थिक भार खेप्न नसक्ने अवस्था पनि आउन सक्छ। जे जस्तो अवस्था आएपनि त्यसलाई पहिलेकै अवस्थामा फर्काउन हामी सबै एक भएर लाग्नु अतिआवश्यक छ।
(समाजशास्त्री उप्रेतीसँग सुमित सुवेदीले गरेको कुराकानीमा आधारित) 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि