न्युटनको तेस्रो नियम

सम्पूर्ण
बिहिबार, ०१ साउन २०७७
डम्बर खतिवडा
नागरिक अगुवाको आवरणमा केही प्रबुद्धहरूको आन्तरिक इच्छा के हो, बुझिएकै छ– ओलीराज जतिसुकै भ्रष्ट र षड्यन्त्रकारी होस्, स्वास्थ्य, मानवीय, आर्थिक र भूराजनीतिक संकटबाट देशलाई बाहिर निकाल्न असफल किन नहोस्, तर टिकोस् । किनकि, त्यहाँ यारहरू धेरै छन् । नागरिक समाज अवधारणाकै हुर्मत चाहिँ नलिदिए हुने !
दीपकज्योति बस्नेत
मलाई पनि व्यक्तिगत रूपमा ओली ठीक लाग्दैनथे । तर, जसरी भारतका संयन्त्र र मिडिया उनका विरुद्ध लागे, अब त पाँच वर्ष उनी रहनैपर्छ भन्ने लाग्न थालेको छ ।
एनके श्रेष्ठ प्रकाश
भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर ! हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एकढिक्को छौँ । विदेशीको ‘फुटाऊ र स्वार्थ पूरा गर’ नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।
सेतेमान तामाङ च्याङ्बा
भारतीय मिडियाको प्रोपोगान्डा अन्त्य गराउनुपर्छ र चिनियाँ राजदूतको हस्तक्षेपकारी दौडाहा पनि रोक्नुपर्छ । अनि नेकपाको आन्तरिक नाटकीय विवाद पनि मिल्नुपर्छ । अरूले मिलाइदिने होइन ।
सूर्यराज आचार्य
धेरै दूध दिन सक्ने सम्भावना भएको गाईलाई राम्ररी दुहुन सकिएन भने थुनेलो हुन्छ । सरकारबाट राम्रो डेलिभरीको आशा गरेर जनताले बलियो जनमत दिएको सरकारलाई राम्ररी परिचालन गर्न (दुहुन) नसकेपछि अहिले दुईतिहाइको सरकारलाई थुनेलो भएको छ । थुनेलो भैसकेपछि उपचार निकै कठिन हुन्छ क्यारे !
वीरेन्द्र अधिकारी
हाम्रातिर त भेटेरिनरी डाक्टरले थुनेलो दुई दिनमै निको पार्छन् । काठमान्डूमा छैनन् क्यार !
गगन थापा
नेकपाको विवादमा चिनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ । तर, यस सन्दर्भमा केही भारतीय सञ्चारमाध्यममा नेपालका प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ । त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन, अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिऊँ ।
जिहादिस्ट
कम्तीमा चिनियाँ राजदूत सरकार बचाउन त हिँडेकी छिन् । भारतीयहरू त सरकार ढाल्दै हिँड्थे । देश बिगार्न सबैभन्दा ठूलो हात नै कांग्रेसको छ ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७