गोकर्ण गौतमको घतपर्दो विचार

writer

सम्पूर्ण

बिहिबार, ०१ साउन २०७७


अब त अति भयो !
सबैलाई राजेश हमाल महानायक लाग्नैपर्छ भन्ने हुन्न। दीपाश्री निरौलालाई लागेन। त्यो उनको रोजाइ हो। तर, त्यसकै निहुँमा उनीमाथि जसरी साइबर बुलिइङ भइरहेको छ, त्यो असाध्यै खेदजनक छ। हामीभित्र मौलाइरहेको घृणाको मनोविज्ञान, कुण्ठा र महिलाद्वेषी सोचको उपज हो यो। समतामूलक र सभ्य समाजका लागि यस्ता निकृष्ट हर्कत शोभनीय हुन्नन्। पक्कै पनि, दीपाश्रीको प्रस्तुति र हाउभाउमा समस्या थियो। यसमा उनले क्षमा मागिसकेकी छिन्। अब उनीमाथिको आक्रमण बन्द गरौँ। उनको जीवनशैली, वैवाहिक स्थिति, संगतबारे नानाथरी ओकल्ने अधिकार कसैलाई छैन। हमाल साँच्चै ‘महानायक’ हुन् भने उनले दीपाश्रीमाथिको दुव्र्यवहार रोक्न सार्वजनिक आह्वान गर्नुपर्छ। मौनता आफैँमा समर्थन हो। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि