निफले माग्यो फिल्म

writer

सम्पूर्ण

आइतबार, २८ असार २०७७


नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुला गरिएको छ ।  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सेनि हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ गतेसम्म हुने र त्यसका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ । 

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख छ । ‘बेस्ट प्यान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने प्रतिष्ठान अध्यक्ष केपी पाठकले जानकारी गराए । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ । यसैगरी, अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाईपाँच सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ ।

साथै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । यसबाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि