न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

शुक्रबार, २६ असार २०७७


रवि मिश्र
लिपुलेख, लिपुलेख भनियो । किसानको खोकनाको जमिन नै अतिक्रमण भएछ । खोकना त्यहाँको किसानको चुच्चे मात्रै होइन, सर्वस्व नक्सा हो । जीवन नक्सा हो । बल पुग्यो भन्दैमा नखोस ! 

आरके श्रेष्ठ 
विकास पनि चाहिने अनि जमिन मास्न नपाइने, रूख काट्न नहुने ! यस्तो पनि हुन्छ ?


उपेन्द्र सापकोटा 
फास्ट ट्र्याक नै किन ?खोकनाबाट नै किन ? सबै जायज प्रश्न हुन् । यस्ता प्रश्नमा योजनापूर्व नै घनीभूत र पारदर्शी छलफल गर्न सतही समृद्धिवादी जरुरी ठान्दैनन् । जनसहभागितासहितको योजना निर्माण गर्ने संस्कार निर्माणमा उनीहरूलाई चासो छैन । बेवकुफहरू उल्टै स्थानीयलाई विकासविरोधी ठान्छन् । 

सुदिन 
खोकना नै किन ? किनकि, त्यहाँ रातो मच्छिन्द्रनाथको गुठीको जग्गा सित्तैमा लिन पाइन्छ । त्यसैले सिकाली मन्दिर र क्वःदेशको पुराताŒिवक संरचना भत्काएर, पुरेर भए पनि खोकनामै ल्याउनु छ । सम्पदा क्षेत्रमै हाइवे ल्याउनु छ, बसपार्क बनाउनु छ । नत्र हाइवे सम्पदा शहरभित्र नै किन ल्याउनुप¥यो र ?


राजेन्द्र महर्जन 

यी आयोजना मुलुकका निम्ति महत्त्वपूर्ण छन्, तर यिनकै कारण सांस्कृतिक–धार्मिक सम्पदा र मौलिक पहिचानको विनाश हुनु हुँदैन । आयोजनाको विकल्प हुन्छ, सम्पदा–संस्कृति तथा पहिचानको हुँदैन । विकास जनताका लागि हो, त्यसको केन्द्रविन्दुमा जनता नै हुनुपर्छ । 

नारायण अधिकारी 
राष्ट्रिय महत्त्वको आयोजना सम्पन्न हुन सहयोग गरौँ । सोझा गाउँलेहरूलाई नउक्साऔँ । 


अभय श्रेष्ठ 
विकास मान्छेका लागि हो । निःशर्त विकास केवल नाफाखोरहरूको एजेन्डा हो । विकास–निर्माण गर्नु छ भने मान्छेको सभ्यता, मौलिकता र जीविका हनन नहुने गरी योजना बनाऊ ! खोकनावासीको संघर्ष जायज छ । तिनको संघर्षमा सबै न्यायप्रेमीले साथ दिऊँ ! 

प्रेज भण्डारी 
हामीलाई विकास चाहिएको छ, तर आफ्नो एक टुक्रा जमिन नमासीकन । ठीकै छ, अब वर्षामा धान रोप्ने र हिउँदमा गाडी गुड्ने बाटो बनाउनुपर्छ, यो सरकारले । 


    
 

तपाईको कमेन्ट