भविष्यलाई अर्बपतिहरूकोहातमा पुग्न नदिन

writer

जो गिनन/मार्टिन ओनिल

शुक्रबार, २६ असार २०७७


कोभिड–१९ पछिको हाम्रो अर्थतन्त्र अहिलेभन्दा कुरूप र विकृत बन्न सक्छ। बजारको ठूलो हिस्सा ठूला व्यवसाय र कर्पोरेट हाउसहरूको कब्जामा पुग्नेछ। अर्बपतिहरू झन् धनी बन्नेछन्, तिनको संख्या पनि बढ्नेछ। असमानताको खाडल झनै फराकिलो बन्नेछ। 


कोरोना महामारीअघि हामीले जस्तो अर्थतन्त्र देखेका थियौँ, त्यो अहिले गायब भइसकेको छ। महामारीअघि जस्तो अवस्था थियो, अब त्यस्तै हुने सम्भावना छैन। बरु हामी एकदमै बदलिएको आर्थिक अवस्थामा पुग्नेछौँ। ठूलो संख्यामा रोजगारी गुमेको छ। अनगिन्ती साना व्यवसायी ऋणको भारले थिचिएका छन्। उनीहरू टाट पल्टिने सँघारमा पुगेका छन्। सरकारको सहयोग नहुने हो भने ती व्यवसाय सदाका लागि मर्नेछन्।परिणामतः साना व्यवसाय र स्थानीय अर्थतन्त्र दुवैले क्षति बेहोर्नेछन्। 

राम्रो वा नराम्रो जे भए पनि यो महामारीले नयाँ अवस्था सिर्जना गर्नेछ।यसमा आर्थिक स्वामित्वको ढाँचा पनि नयाँ हुनेछ। कोभिड–१९ पछि हामीले भोग्नुपर्ने स्पष्ट खतरामध्ये एक हो, असमानता। अब धेरै साना र मध्यम उद्यमहरू टाट पल्टिने सम्भावना छ।यसले ती उद्योगमा पनि ठूला कम्पनीको पकडलाई थप बलियो बनाउनेछ। त्यस्ता निजी लगानीकर्ता कम्पनी पर्खेर बसिरहेका छन्। तिनले मौका छोपेर रुपैयाँकोसम्पत्ति सुकामा हत्याउनेछन्।

यो संकट समाधान गर्न बैंक अफ इंग्ल्यान्डले ब्याजदर घटाउनेलगायत सुविधासहितको प्याकेज घोषणा ग¥यो। तर, यो सुविधा छिरलिएको छ।यसले अर्थतन्त्र उकास्न सहयोग त पु¥याउँछ, तर यसले सम्पत्तिको मूल्य पनि बढाउने सम्भावना हुन्छ। अर्थात्, यो कार्यक्रमले धनीलाई झन् धनी बनाउँछ, तर साना व्यवसायलाई टिकाउन खासै मद्दत गर्दैन। जबकि स्थानीय उद्यम धन प्रवाहका लागि अत्यन्त आवश्यक हुन्छ।

आज हाम्रो अर्थतन्त्र कुरूप छ। कोभिड–१९ पछिको हाम्रो अर्थतन्त्र अहिलेभन्दा कुरूप र विकृत बन्न सक्छ। हामी ‘अमेजन रिकभरी’ मा पुग्न सक्छौँ। अर्थात्, बजारको अझ ठूलो हिस्सा ठूला व्यवसाय र कर्पोरेट हाउसहरूको कब्जामा पुग्नेछ। अर्बपतिहरू झन् धनी बन्नेछन्, तिनको संख्या पनि बढ्नेछ र असमानताको खाडल झनै फराकिलो बन्नेछ।

यो संकटको बेला संसारभरका धेरैजसो व्यवसाय खुम्चिएका छन्, घाटा खाएका छन्। तर, अमेजनजस्ता औँलामा गन्न सकिने केही कर्पोरेट कम्पनीले भने आफ्नो व्यवसाय फैलाइरहेका छन्।मार्चको मध्यदेखि अप्रिलको मध्यसम्म एक महिनामा सो कम्पनीले अमेरिकामा एक लाख नयाँ रोजगारी थप्यो। अझै ७५ हजार थप गर्ने योजनामा छ। अप्रिलयता अमेजनको सेयर मूल्यमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। महामारीको अवधिमा मात्रै अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्तिमा ३० अर्ब डलर थप भएको छ। विश्वभरको अर्बपति वर्गलाई यहाँभन्दा राम्रो धन आर्जन गर्ने मौका यसअघि कहिल्यै प्राप्त भएको थिएन।

धनीमानीका लागि मात्र होइन, अर्थतन्त्र पुनर्बहाली सबैका लागि हुनुपर्छ। यसको सुनिश्चितता सरकारले गर्नुपर्छ।यो काम कसरी गर्ने त ? त्यसको प्रमुख उपाय भनेको सबै सम्पत्ति कर्पोरेट हाउसमा केन्द्रित हुन नदिनु हो। त्यसका लागि अप्ठेरोमा परेका व्यवसायलाई सस्तो दाममा हत्याउने तिनको प्रयासलाई रोक्नुपर्छ। यसले राज्यको स्वामित्वमा रहेको होल्डिङ कम्पनीको स्वरूप ग्रहण गर्न सक्छ। जसलाई संघर्षरत साना व्यवसायलाई सहयोग गर्ने अनुमति हुन्छ।यसले बेलायतमा जेजति साना व्यवसाय जीवित छन्, तिनलाई ध्वस्त हुनबाट बचाउन सक्छ।

पछि जब परिस्थिति सामान्य हुन्छ, त्यो होल्डिङ कम्पनीले उद्धार गरिएका कम्पनी पुनः सुरु गर्न सक्छ। तर, त्यस्ता व्यवसायको स्वामित्व कामदार अथवा समुदायमा हुनुपर्छ। अथवा, त्यसलाई कुनै लक्ष्य निर्देशित उद्यमका रूपमा पनि विकास गर्न सकिन्छ।यो तरिकाले काम गर्ने हो भने सो होल्डिङ कम्पनी हरित क्रान्तिको पनि महŒवपूर्ण औजार बन्न सक्छ, जसले स्थानीय आर्थिक गतिविधिलाई सघाउँदै समुदायको स्वामित्वमा रहेको सम्पत्ति निर्माण गर्न सक्छ।

निर्बाध रूपमा असमानता वृद्धि भइरहेको अवस्थामा लोकतान्त्रिक समाज फल्न–फुल्न सक्दैन। त्यसमाथि शक्ति र सम्पत्ति झनै केन्द्रीकृत भएको अर्थतन्त्रमा त लोकतन्त्र खतरामै हुन्छ।त्यसैले अन्यायपूर्ण पुनर्बहालीको एक मात्र विकल्प भनेको राज्यको हस्तक्षेप हो। राज्यले साना कम्पनी र व्यवसायहरूलाई संरक्षण गर्न तथा अझ लोकतान्त्रिक अर्थव्यवस्था सिर्जना गर्न आफ्नो शक्ति प्रयोग गर्नुपर्छ। लोकतान्त्रिक अर्थव्यवस्थामा स्वामित्व र नाफा बढीभन्दा बढीलाई बाँडिन्छ।

यहाँनेर इतिहास हाम्रा लागि मार्गनिर्देशक बन्न सक्छ। सन् १९३० को दशकमा महामन्दीको समयमा अमेरिकाले पनि यहाँ उल्लेख गरिएजस्तै कदम चालेको थियो। फ्य्रांकलिन डी रुजबेल्टको नेतृत्वमा सरकारी स्वामित्वको एक होल्डिङ कम्पनी ‘रिकन्स्ट्रक्सन फाइनान्स कर्पोरेसन’ लाई टाट उल्टिँदै गएका व्यवसायहरूको स्वामित्व ग्रहण गर्ने अनुमति दिइएको थियो। पछि महामन्दीको असर सकिएपछि ती कम्पनीलाई पुनः पहिलेझैँ आफूखुशी व्यवसाय गर्न दिइएको थियो। सो सरकारी होल्डिङ कम्पनी अमेरिकाको सबैभन्दा ठूलो बैंक मात्र होइन, सबैभन्दा ठूलो लगानीकर्ता पनि बनेको थियो।

सार्वजनिक स्वामित्वको होल्डिङ कम्पनी विश्वभर पाइन्छन्। उदाहरणका लागि, सिंगापुरको तेमासेक होल्डिङ्सदेखि स्विडेनको उद्योग तथा आविष्कार मन्त्रालयसम्मलाई लिन सकिन्छ। त्यस्तै, फ्रान्सको ‘एजेन्स दे पार्टिसिपेसन्स दे लेता’ ले पनि करिब एक सय वटा कम्पनीमा रहेको सरकारको सेयरको रेखदेख गर्छ।अहिलेको बेलायत सरकारले पनि यो सिद्धान्तलाई अंगीकार गरिसकेको छ। ‘प्रोजेक्ट बर्च’ नामको योजना अघि सारेर सरकारले त्यस्ता ठूला कर्पोरेसनहरूलाई उद्धार गरेको छ, जुन रणनीतिक रूपमा महŒवपूर्ण छन्।

यदि ठूला कम्पनीहरूको संरक्षणका लागि यस्तो कदम स्वीकार्य हुन्छ भने साना व्यवसायलाई बचाउन किन हुँदैन ?एयरलाइन्सहरूको उद्धार गर्ने तर स्थानीय व्यवसायलाई बेवास्ता गर्नेभन्दा ठूलो अदूरदर्शिता अरू केही हुँदैन। किनभने, स्थानीय व्यवसाय र अरू आर्थिक गतिविधि भविष्यमा अर्थतन्त्रलाई अझ दिगो बनाउन अत्यावश्यक हुन्छ।तर, यस्तो पुनर्बहाली सरकारको केन्द्रीय आदेशको भरमा मात्रै सञ्चालन हुँदैनन्। सार्वजनिक होल्डिङ कम्पनीहरू विभिन्न क्षेत्रमा स्थापना गर्न सकिन्छ। वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डले पनि छुट्टै यस्ता कम्पनी बनाउन सक्छन्।

प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई रुजबेल्टकै खास्टो ओढाएका छन्। तर,उनको अभिव्यक्ति सस्तो छ। उपयुक्त ‘नवसम्झौता’ का लागि के आवश्यक पर्छ, त्यसका आधारमा हामीले जोन्सनको मूल्यांकन गर्नुपर्छ। यो निकै महŒवाकांक्षी देखिन सक्छ। तर, हाम्रो भविष्य कर्पोरेट कम्पनीको कब्जामा पर्न नदिने एक मात्र उपाय भनेको महŒवाकांक्षी काम नै हो।हामीले साना र मझौला उद्यमलाई ध्वस्त हुन दिनु हुँदैन। त्यसका लागि राज्यले ठूलो हस्तक्षेप गर्नुपर्ने इतिहासले देखाउँछ।

ऐतिहासिक लकडाउनका बेला अर्थतन्त्रलाई बचाउन राज्यको निकै ठूलो शक्ति प्रयोग गरिएको थियो। अब आर्थिक पुनर्बहालीले सानो संख्यामा रहेका सम्भ्रान्तहरूलाई मात्र फाइदा नहोस् भन्नका लागि राज्यको त्यस्तै शक्ति परिचालन गर्न आवश्यक छ। विगतका संकटहरूले देखाइसकेका छन्, राज्यको हस्तक्षेपबिना सीमित व्यक्ति र संस्थाले मात्र यसको फाइदा लुट्नेछन्।यति गर्ने हो भने आर्थिक पुनर्बहालीपछि हामी चरम असमानताको अन्धकार युगमा पुग्नेछैनौँ। बरु, त्यो पुनर्बहाली असल अर्थतन्त्र निर्माणको अवसर बन्नेछ। तर, यो त्यसबेला मात्रै सम्भव हुनेछ, जुनबेला हामी खरो रूपमा यसको माग गर्नेछौँ।

(‘द गार्जियन’बाट। गिनन ‘द डेमोक्रेसी कोल्याबोरेटिभ’ नामक अमेरिकी थिंकट्यांकका अध्यक्ष हुन्। ओनिल युनिभर्सिटी अफ योर्कमा राजनीतिक दर्शनशास्त्र अध्यापन गर्छन्।अनुवाद ः कवि आचार्य।)

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि