पत्रकारसँग रिसाइन् दीपिका

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


अभिनेत्री दीपिका पादुकोण पत्रकारहरूसँग रिसाएकी छिन्। अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि स्वतन्त्र पत्रकारले उनका पुराना फोटो, भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। केही फोटो पत्रकारले त फोटो र भिडियोमा सेयर गर्दा ‘हाम्रो अनुमतिबिना यो फोटो र भिडियो प्रयोग गर्न मनाही छ’ क्याप्सनसमेत लेखेका छन्। यी कुराले दीपिकालाई आक्रोशित बनाएको छ। उनले रिसाउँदै कमेन्ट गरेकी छिन्, ‘सुशान्तका फोटो, भिडियो सोसल मिडियामा पोस्ट गर्नु र उनका आफन्तको अनुमतिबिना पैसा कमाउनु तपाईंहरूलाई जायज लाग्छ ?’ दीपिकालाई सुशान्तको अभिनय मन पथ्र्यो। सुशान्त पनि दीपिकाका ठूला प्रशंसक थिए। 

सुशान्तको आत्महत्यापछि दीपिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा डिप्रेसनबारे लगातार पोस्ट गरिरहेकी छिन्। उनको निधनले आहत प्रशंसकले बलिउडका ‘स्टार किड’ लाई ट्रोल गरिरहेका छन् भने दीपिकाको प्रशंसा गरिरहेका छन्। कारण, उनले सुशान्तको अभिनय कलालाई अरू अभिनेताभन्दा उत्तम बताएकी थिइन्। त्यसको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि