अन्तरंग दृश्य नगर्ने अभिषेक

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


अभिनेता अभिषेक बच्चन फिल्ममा रोमान्टिक सिन गर्न त्यति सहज महसुस गर्दैनन् । त्यसमाथि छोरीको जन्मपछि उनले ‘नो इन्टिमेट सिन’ पोलिसी बनाएका छन् । त्यसलाई कडा रूपमा पालना पनि गर्दै आएका छन्, जसकारण थुप्रै फिल्म गुमाएको उनले बताएका छन् ।

छोरी आराध्याको जन्म भएपछि उनले आफ्नो व्यावसायिक जीवनका लागि केही निर्णय गरे । उनी दुई दशकयता बलिउडमा सक्रियछन् । एक अन्तर्वार्तामा पत्रकारले बुबा बनेपछि जीवनमा आएको परिवर्तनबारे सोध्दा उनले भनेका थिए– ‘विशेष किसिमका फिल्म र दृश्य गर्न सहज महसुस गर्दिनँ । यस्तो कुनै काम गर्नेछैन, जसले गर्दा मेरी छोरीले असहज महसुस गरोस् ।’ 

पहिले पनि आफूलाई रोमान्टिक सिन गर्न अप्ठ्यारो लाग्ने गरेको उनले बताएका छन् । ‘अन्तरंग दृश्य गर्न त झनै गाह्रो हुन्थ्यो, हुन्छ,’ उनले भनेका थिए, ‘फिल्म साइन गर्नुअघि निर्देशकसँग यसबारे कुरा गर्छु । अन्तरंग दृश्य गर्न नसक्ने कुरा स्पष्ट पार्छु ।’

यही कारण आफूले फिल्म गुमाएको पनि उनले बताए । ‘तर, मलाई पछुतो छैन,’ उनले भनेका थिए, ‘सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि