साथीहरू सम्झँदै किआरा

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


फिल्म ‘कबीर सिंह’ की अभिनेत्री किआरा आडवाणीले साथीहरूलाई सम्झिरहेकी छिन् । लकडाउनका कारण लामो समयदेखि साथीलाई भेट्न पाएकी थिइनन् ।

लकडाउन खुले पनि सामाजिक दूरीका कारण आफ्ना साथीबाट टाढा छिन् । तर, उनलाई आफ्ना बाल्यकालका साथीको सम्झनाले सताइरहेको छ । यसबारे उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् र आफ्ना साथीहरूलाई बताएकी छिन् । उनले लेखेकी छिन्– ‘मलाई आफ्ना साथीहरूको धेरै सम्झना आइरहेको छ । उनीहरूलाई भेट्ने चाहना छ । तर, हामी अहिले नै जोखिम लिँदैनौँ । यो पोस्ट मेरा ती साथीका लागि हो, जसले मेरो हरेक दिनलाई विशेष बनाउँछन् ।’

किआराले लेखेकी छिन्, ‘हामीले एकअर्कासँग नबाँड्ने, नसुनाउने कुरा केही छैन । हामी स्कुल सँगै पढ्यौँ, कलेज सँगै पढ्यौँ । हामी अहिले पनि सोल मेट्स हौँ ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि