‘काम हेरिएन छालाको रङ हेरियो’

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको हत्यापछि संसारभर आन्दोलन भयो। सामाजिक सञ्जालमा पनि रंगभेदविरुद्घ आवाज उठिरहेको छ। ‘ब्ल्याक लाइभ्ज म्याटर’ ट्रेन्ड भइरहेको छ। भारतीय कम्पनी हिन्दुस्तान लिभरले आफ्नो ब्युटी क्रिम ‘फेयर एन्ड लभ्ली’ बाट फेयर शब्द हटाउने निर्णय गरेको छ । त्यसपछि कालो वर्णबारे सोसल मिडियामा प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। बलिउडका दुई अभिनेत्री बिपासा बसु र शान्तिप्रियाले पनि यसबारे मुख खोलेका छन्। यी दुई अभिनेत्रीको छालाको रङ गहुँगोरो छ। छालाको रङका कारण जीवनमा र बलिउडमा आफूले भोग्नुपरेका, सुन्नुपरेका कुरा अभिनेत्रीद्वयले आफ्ना प्रशंसकसँग साझा गरेका छन्।


सानो हुँदा मैले जहिल्यै पनि सुन्नुपथ्र्यो– ‘बोनी सोनीभन्दा काली छे ।’ मेरी आमा पनि गहुँगोरो वर्णकी हुनुहुन्थ्यो । सुन्दर हुनुहुन्थ्यो । उहाँको अनुहारको ढाँचा मिलेको थिए । म आमाजस्तै देखिन्छु । आफन्तले मेरो छालाको रङबारे किन चर्चा गर्थे भन्ने कुरा कहिल्यै बुझ्न सकिनँ । त्यतिखेर सानी फुच्ची थिएँ ।

१५/१६ वर्षको उमेरमा मोडलिङ सुरु गरेँ । सुपरमोडल प्रतियोगिता जितेकी थिएँ । सबै पत्रपत्रिकामा छापियो ‘कोलकातामा गहुँगोरो रङकी केटीले प्रतियोगिता जितिन् ।’ यस्ता शीर्षकका समाचार पढ्दा छक्क पर्थें । ‘मेरो कामभन्दा छालाको रङलाई पहिला किन हेरिन्छ ?’ भन्ने लाग्थ्यो । मोडलका रूपमा न्युयोर्क, पेरिसलगायत ठाउँ जाने अवसर पाएँ । 

त्यहाँ मेरो छालाको रङ अरूभन्दा फरक थियो । त्यसैले मैले बढी काम र अटेन्सन पाएँ । यो मेरा लागि नौलो अनुभव थियो । त्यसपछि भारत फर्किएँ । फिल्मका प्रस्ताव आउन थाले । फिल्म ‘अजनबी’ मा काम गर्ने मौका पाएँ । दर्शकले मलाई र मेरो काम मन पराए ।  तर, त्यहाँ पनि गहुँगोरो रङ नै मेरो विशेषण बन्यो । त्यतिबेलासम्म मैले आफ्नो छालाको रङलाई मन पराउन थालिसकेकी थिएँ । ‘डस्की केटीले पहिलो फिल्मबाटै दर्शकलाई आकर्षित गरी’ भन्नेहरू पनि थिए ।

पत्रपत्रिकामा मेरो रङको चर्चा हुन थालिसकेको थियो । के मेरो छालाको रङले मलाई त्यतिखेरका अभिनेत्रीभन्दा अलग देखाउँथ्यो ? म त्यसमा धेरै अन्तर देख्दिनँ थिएँ । तर, मान्छेहरूले देख्थे । त्यतिबेला सुन्दरताबारे कडा विचार आए । 

एउटा अभिनेत्रीले कस्तो देखिनुपर्छ, कस्तो व्यवहार गर्नुपर्छ भन्ने चर्चा हुन थाल्यो । त्यतिखेर मलाई सबैबाट अलग राखियो । तर, यी कुराले ममाथि कुनै असर गरेन । किनकि, मैले त्यही गरेँ, जो मलाई मन पथ्र्यो । मलाई मेरो रङ स्वीकार्य छ । गहुँगोरी भएकोमा खुशी छु ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि