बियोन्सेको ताजमा धावा

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


दुनियाँलाई थाहा छ, बियोन्सेलाई फ्यानले ‘क्विन बी’ भन्छन् । तर, दुनियाँलाई थाहा भएको कुरा  ब्रिट्नी स्पेयर्सले भने ख्यालै गरेकी रहिनछन् । 

त्यसैले जब उनले एउटा इन्स्टा पोस्टमा आफूलाई क्विन बी घोषणा गरिन्, बियोन्सेका फ्यान भड्किए । उनीहरूले त्यो नाम फ्यानले पहिले नै बियोन्सेलाई दिएको भन्दै ब्रिट्नीको झाँको झारेका छन् ।

हुन पनि ब्रिट्नीभन्दा सिनियर बियोन्सेलाई फ्यानले ‘बियोन्से बिहाइभ’ र छोटकरीमा ‘क्विन बी’ भन्ने गरेका थिए भने ब्रिट्नी फ्यानमाझ पप प्रिन्सेसका रूपमा परिचित थिइन् । अचानक ब्रिट्नीले बियोन्सेको नाम कब्जा गरिन् । तर, फ्यानले बियोन्सेको नाम आफ्नो बनाउने कुरा नचिताउन ब्रिट्नीलाई चेतावनी दिएका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि