हलिउडविरुद्ध मेगन

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


हलिउडमाथि बेला–बेला औँला उठिरहन्छ। काला जातिका कलाकारलाई गर्ने विभेद त व्यापक छँदै छ, महिला कलाकारलाई हेर्ने नजर पनि उस्तै रहेको भन्दै बेलाबखत अभिनेत्रीले पोल खोल्ने गरेका छन्। ‘ट्रान्सफर्मर्स’ अभिनेत्री मेगन फक्सले यसपालि हलिउडविरुद्ध मुख खोलेकी छिन्। सन् २००९ मा उनले दिएको एउटा अन्तर्वार्ता फ्यानको नजरमा परेपछि फ्यानले उनीमाथि भएको अन्यायबारे बोल्न थाले। प्रशंसक आफ्नो समर्थनमा बोल्न थालेको देखेपछि मेगनले हलिउडलाई निर्दयी र महिलापीडक भन्दै आक्रोश पोखेकी छिन्। 

आफू १५/१६ वर्षको हुँदा ‘ब्याड ब्वाइज’ निर्देशक माइकल बे र निर्देशक स्टिभन स्पिलबर्गले आफूमाथि सही व्यवहार नगरेको खुलासा गरेकी हुन्। उनले ‘ट्रान्सफर्मर्स’को अडिसनका क्रममा पनि स्क्रिप्टमा हुँदै नभएको सिनका लागि पनि अडिसन दिनुपर्ने भन्दै नांगै पारिएको बताएकी छिन्। हलिउड हिरोइनलाई पीडा छ, चर्काे पीडा ! 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि