क्रिस्टेनको अडान

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


काला जातिका जर्ज फ्लोइडको श्वेत मूलका प्रहरीबाट हत्या भएपछि संसारभरि आन्दोलन चल्यो। थुप्रै हलिउड कलाकारले ‘ब्ल्याक लाइभ्ज म्याटर’ अभियानमा ऐक्यबद्धता जनाए। तर, मुखले मात्र होइन, व्यवहारमै काला जातिप्रतिको विभेदमा संवेदनशील हुनुपर्छ भन्ने आवाज उठिरहेका बेला क्रिस्टेन बेलले यसको सुरुवात गरेकी छिन्। उनले एप्पलले निर्माण गरेको एउटा एनिमेटेड सिरिजमा आवाज दिन अस्वीकार गरेकी छिन्। 

‘सेन्ट्रल पार्क’ शीर्षकको सिरिजमा मोली नामको चरित्रका लागि क्रिस्टेनले आवाज दिने तय थियो। तर, मोली काला जातिका बुबा र गोरा जातिकी आमाकी छोरी हुन्। मिश्रित जातको चरित्रमा गोरी क्रिस्टेनले आवाज दिनु न्यायसंगत नहुने भन्दै उनले आवाज नदिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएकी छिन्। उनको सो निर्णयलाई एप्पलले पनि स्वागत गरेको छ। उसले क्रिस्टेनले मोलीको चरित्रमा आवाज नदिए पनि अरू कुनै चरित्रमा उनको आबद्धता रहने जनाएको छ।  

तपाईको कमेन्ट

मुख्य समाचार