साम्राज्ञीमाथि दुव्र्यवहार

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


लकडाउनपछि कुनै हप्ता यस्तो छैन, हिरोइनले मिडियामा खुराक नदिएका हुन् । हप्ताको सुरु वा अन्त्यमा केही न केही आइहाल्छ, जसले मनोरञ्जन समाचारको गर्जो टार्छ । यो हप्ता त्यो काम गरिन्, साम्राज्ञीराज्यलक्ष्मी शाहले । प्रेमी देवांश राणासँग मधेश यात्रामा रहेकी उनले सायद त्यतैबाट एउटा भिडियो जारी गरिन्, जहाँ उनले आफूमाथि तीनटा फिल्मको सेटमा दुव्र्यवहार भएको खुलासा गरेकी छिन् । उनले जारी गरेको १२ मिनेट लामो भिडियोमा सुटिङ सेटमा खान नपाएको र खानेपानी माग्दा दुर्वचन सहनुपरेको पनि गुनासो गरेकी छिन् । साम्राज्ञीले आठ वटा फिल्म गर्दा तीन वटामा यस्तो व्यवहार खप्नुपरेको बताएकी छिन् । 

सुटिङ सेटमा गरिएको व्यवहारलाई लिएर उनले पहिले पनि मुख खोलेकी थिइन् । ‘ड्रिम्स’को सुटिङ गर्दा निर्माण टिमले अनमोललाई मात्र भाउ दिएको र ‘ए मेरो हजुर २’ गर्दा खानै नपाएको बताएकी थिइन् । त्यसै गरी, ‘इन्टु मिन्टु लन्डन’मा पनि उनको निर्देशक रेनेशा बान्तवा राईसँग पानी बाराबार भएको थियो । बिचरी साम्राज्ञी, भित्रभित्रै कति पाकेर बसेकी रहेछिन् ! 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि