कसरत कसको ?

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


समाचारमा आउने काइदा सबैभन्दा बढी जान्ने अभिनेत्री हुन्, प्रियंका कार्की । उनलाई राम्ररी थाहा छ, के ग¥यो भने मिडियामा छाउन सकिन्छ । त्यसैले उनले जानाजान यस्ता गतिविधि सामाजिक सञ्जालमा सेयर गर्छिन्, जुन मिडियाका खुराक बनिहाल्छन् । 

प्रियंका आजभोलि युट्युबमा कुकरी सो चलाइरहेकी छिन् । तर, अरू बेलाजस्तो उनको यो सोको खासै चर्चा छैन । त्यही भएर होला, उनले हालै एउटा फोटो सेयर गरिन्, जसमा उनलाई श्रीमान् आयुष्मान देशराज जोशीले पिठ्यूँमा बोकेर दंग परेका छन् । यो फोटो सेयर गर्दै प्रियंकाले जिम नभए पनि आफूलाई पिर नभएको क्याप्सन लेखेकी छिन् । तर, हामीले नबुझेको कुरो, आयुष्मानले प्रियंकालाई बोक्दा आयुष्मानको पो अभ्यास हुने होला त । प्रियंकालाई जिमै जान नपर्ने हैन, होला ? उनले जिमको कमी पूरा गर्न त आयुष्मानलाई पो बोक्नुपर्ने होला ? 

कि दुई शरीर एक ज्यान भनेजस्तो आयुष्मानले बोक्दा प्रियंकाको पनि कसरत हुने हो ? समाचारमा आउन जे पायो, त्यही भन्दिने !

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि