निश्चलको आपत्ति

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


‘नेपोटिजम’को बहसले नछुने नेपाली सेलिब्रिटी कोही थिएनन् भने पनि हुन्छ । दुईचार दिन यो विषयमा फेसबुकमा विद्वता नछाँट्ने कोही थिएनन् । निश्चल बस्नेत आफैँले त सामाजिक सञ्जालमा केही लेखेनन्, तर निर्देशक दीपेन्द्र लामाको स्ट्याटसमा भने राम्ररी नै भिडे ।

नातावादबारे धारणा राख्ने क्रममा दीपेन्द्रले नेपालमा फिल्म उद्योग बामे सर्ने अवस्थामा रहेकाले नातावाद पनि नरहेको र अन्यवाद पनि नरहेको बताएका थिए । सँगै, उनले नेपालमा जुगजुगसम्म सम्झिने फिल्म पनि बन्न नसकेको जिकिर गरेका थिए । निश्चलले यहीँनेर आपत्ति जनाए । उनले अरू कुरा मान्न तयार भए पनि कालजयी फिल्म नबनेको भन्ने कुरामा आफू सहमत नभएको जिकिर गरे । यहाँबाट सुरु भएको दीपेन्द्र र निश्चलको बहस लामै समय चल्यो । 

तर, निश्चलको तर्क गमेर हेर्दा देखिन्छ, दीपेन्द्रले ‘लुट’लाई कालजयी सिनेमा नमानेकै कारण उनी बहसमा उत्रिएका हुन् । नत्र त कस्ता–कस्ता कुरामा चुप लाग्ने निश्चल यस्ता सानातिना कुरामा किन भिड्न आउँथे ? 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि