लाभकारी आरु

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


स्वस्थ रहन मौसमी फलफूल, सागतरकारी खानुपर्छ। अहिले आरुको मौसम हो।यो स्वास्थ्यका लागि लाभकारी फल हो।


  • आरु आँखाका लागि फाइदाजनक फल हो। यसमा पाइने तŒवले आँखालाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ।
  • संयुक्त राज्य अमेरिकाको कृषि विभागले गरेको एक शोधअनुसार आरुमा पाइने तŒवले क्यान्सरजस्तो रोगको जोखिम कम गर्न मद्दत गर्छ।
  • मधुमेह रोगीका लागि पनि आरुले लाभ पुर्‍याउँछ। यसले रगतमा  चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।
  • आरु मिर्गौलाको स्वास्थ्यका लागि पनि फाइदाजनक छ। यसमा पाइने पोटासियमले मिर्गौलाबाट फोहोर निकाल्न मद्दत गर्छ। साथै, मांसपेशीलाई बलियो बनाउन सहयोग गर्छ।
     

तपाईको कमेन्ट

मुख्य समाचार