न्युटनको तेस्रो नियम

writer

सम्पूर्ण

बिहिबार, १८ असार २०७७


देवेन्द्रराज पाण्डे 
पैसा खाएर स्तरीय काम नगर्ने ओम्नी भन्ने समूह र जनताको दुईतिहाई भोट खाएर जनताको काम नगर्ने सरकारबीच के फरक छ ? कि दुवै एउटै हुन् ?

सुधांशु केसी 
‘हात्ती र हात्तीछाप चप्पल उस्तै–उस्तै हुन्, नानु !’ भन्ने विज्ञापन याद आयो । 


बाबुराम भट्टराई 
बहुमतप्राप्त प्रम केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन । तर, अहिले हटाए नक्सा छापेको कारणले हुने ! भोलि सलहले दुःख दिएको बेला हुने ! पछि बाढीपैरो आएको बेला हुने ! अलि पछि दशैँतिहारको बेला हुने ! अनि, जाडोको बेला हुने ! उचित बेला चैँ कैले रच हँ ?

खाद्य उत्पादन/सुरक्षापट्टि पनि ध्यान दिऊँ  
जनताको नजरबाट कुरा गर्ने हो भने ओलीले जनअपेक्षाअनुसार काम गर्न सकेका छैनन् । भ्रष्टाचार बढेको देखिन्छ । तर, उनको विकल्पमा उनी जति पनि गर्न सक्ने कोही पनि सतहमा छैनन् । ओलीलाई हटाउनु भनेको ‘न्याउरी मारी पछुतो’ मात्रै हो । 


समीर एम दीक्षित, पीएचडी  
चीनको रणनीतिः 
तपाईं जोखिममा हुनुहुन्छ भने पक्का परीक्षण गरिनेछ ।
तपाईंलाई परीक्षण गर्न मन छ भने जरुर परीक्षण गर्न पाइनेछ । 
समाजलाई यसरी बचाउने हो ! 

सुशान्त थापा
नेपालमा तपाईं जोखिममा हुनुहुन्छ भने बेसार पानी खानुहोस् । तपाईंलाई कोरोना लागिहाल्यो भने पनि हाच्छिउँ गर्नुस्, तातो पानी खानुहोस् । कोरोनालाई उडाइदिनुपर्छ । देशलाई यसरी बचाउने हो ! 


कृष्ण पोखरेल 
सरकारको नीति तथा कार्यक्रममा समेत थिएन, नक्सा संशोधन । त्यो त सचिवालय बैठकले निर्देश गरेपछि मात्र समावेश भएको जगजाहेर छ । अब संविधानमा नक्सा संशोधनको ‘बहादुरी’बापत भारतले पदच्युत गर्न थाल्यो भनी कोकोहोलो मच्याएको हेर ! यही हो प्रधानमन्त्री ओलीसँग सत्ता बचाउने अन्तिम तुरुप पत्ती, खेल्नैपरो !

कौडिण्य 
सत्ता बचाउने तुरुप मात्र हैन, सत्ता बचेन भने आफ्नो अकर्मण्यताको अपजस अरूलाई दिने प्रपन्च पनि हो । 


 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि