कोरोना–कालमा यौन हिंसा

writer

प्रा.डा. सुमनराज ताम्राकार

बिहिबार, १८ असार २०७७


कोरोनाका कारण घरमै बस्नुपर्ने बाध्यताका बीच विवाहित दम्पतीबीच नै घरेलु हिंसा, यौन हिंसा एवं महिलाविरुद्ध हिंसाका घटनामा वृद्धि भएको पाइन्छ। पहिले साँझ, बिहान, राति मात्र निकट हुने दम्पती अहिले चौबीसै घण्टा साथमा हुँदा एक किसिमको तनावको वातावरण सिर्जना भएको पनि देखिन्छ।


विगतमा कुनै देश विशेष वा क्षेत्रमा मात्र सार्स, मर्स, स्वाइन फ्लू, बर्ड फ्लूआदि देखिएजस्तै गत डिसेम्बर–जनवरीसम्म कोभिड–१९ पनि चीनको मात्र समस्या हो भनेर विश्वका प्रायः राष्ट्रले वास्तै गरेका थिएनन्। जब यो संक्रमण चीनबाट इरान, इटाली अनि अमेरिकामा पैmलियो, तब भने विश्वका अधिकांश राष्ट्रको ध्यान त्यतातिर गयो। अलि कम वा अलि बेसी, कोरोना महामारीले प्रभावित नगरेको कुनै क्षेत्र छैन। पर्यटन, यातायात, उद्योग, शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारीलगायतहरेक क्षेत्र प्रभावित छ। नेपालको हकमा करिब ८०÷९० दिन घरमै बस्नुपर्ने गरी लकडाउनमा बसिसक्यौँ। केही दिनयता तुलनात्मक रूपमा लकडाउन खुकुलो पारिए पनि अधिकतम मानिसको दिनचर्या सामान्य अवस्थामा अभैm फर्किएको छैन। 

ब्याक्टेरिया तथा फंगस (ढुसी)विरुद्ध जस्तो प्रतिजैविक औषधिको कुरै छाडौँ, इन्फ्लुएन्जा, रेबिज, पोलियो, दादुराजस्तो भाइरल संक्रमणविरुद्ध जस्तो खोप पनि कहिले बन्ने हो, कुनै अत्तोपत्तो छैन। कोरोनाविरुद्ध खोप बन्ने क्रममा त छ, तर अहिलेको माहौलमा खोप बनिहालेपनि विकसित मुलुककै हालीमुहाली हुनेछ। त्यसो भएर हामीले साबुन–पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, भौतिक दूरी कायम गर्नेजस्ता कोरोना संक्रमण रोकथाम गर्ने उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ। 

पोर्नमा पहुँच र यौन हिंसा 
कोरोना संक्रमणका कारण घरमै बस्नुपर्ने बाध्यताका बीच विवाहित दम्पतीबीच नै घरेलु हिंसा, यौन हिंसा एवं महिलाविरुद्ध हिंसाका घटनामा वृद्धि भएको पाइन्छ। विगतमा अधिकतर नेपालीको घरमा वयस्क पुरुष कार्यालय र कृषिको काम विशेषले बिहानको खाना खाई घरबाट बाहिरिने तथा साँझ मात्र फर्किने चलन थियो। विगत तीन महिनाभन्दा बढी अवधिदेखि घरमै बस्नुपर्दा मानिसको दिमाग बोझिलो बन्न गएको छ। पहिले साँझ, बिहान, राति मात्र निकट हुने दम्पती अहिले चौबीसै घण्टा साथमा हुँदा एक किसिमको तनावको वातावरण सिर्जना भएको पनि देखिन्छ। त्यसमाथि नियमित कामको अभाव, निकै हदसम्म खुम्चिँदो आर्थिक आयस्रोतका कारण त्यसै–त्यसै झिँजिने परिस्थितिले आगोमा घिउ थप्ने काम गरेको देखिन्छ।

लकडाउन केही खुकुलो भए पनि मनोरञ्जन वा रमाइलोका लागि आउटिङ जाने, सिनेमा हेर्न जाने, पार्क घुम्न जाने वातावरण बनिसकेको छैन। घरभित्रै थुनिएर बस्नुपर्दा टीभी हेर्नु वा मोबाइल चलाउनुको विकल्प रहेन। एकातिर केबुल वा अन्य माध्यमबाट कतिपय फिल्म दोहो¥याई, तेह¥याई हेरिसकिएको छ। अर्कोतिर, घरमा थुनिएर बस्नेको इन्टरनेटमार्पmत पोर्नोग्राफीमापहुँच बढेको कारण यौन हिंसा बढ्न सघाउ पुगिरहेको देखिन्छ। नेपाल सरकारले पोर्नो म्याटेरियलमा धेरै हदसम्म नियन्त्रण गरेको वा पोर्न साइट ब्लक गरेको दाबी गरे पनि हेर्नेहरूले कुनै न कुनै आइडिया लगाइहाल्छन्। खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै हो।

पोर्न म्याटेरियलमा पहुँच हुँदैमा के बिगार भयो र भन्ने बहस पनि हुने गरेको छ। अथवा, यौनिक मनोरञ्जन पाउनु पनि मानव अधिकार नै हो भन्ने पनि छन्। तर, पहुँच वा उपलब्धता भयो भने आत्मनियन्त्रण गुम्न सक्ने सम्भावना हुँदोरहेछ। उदारहणकालागि, कतिपय नेपालीले विषादी सेवन गरी आत्महत्या गर्ने ट्रेन्ड खेतीपातीको सिजनमा बढ्ने गरेको पाइएको छ। किनकि, त्यो बेला घर–घरमा विषादी ल्याइएको हुन्छ। अनि सामान्य खटपट पर्नासाथ विषादी सेवन गरिहाल्ने गरेको देखिन्छ। त्यसो भएर पोर्न म्याटेरियलमा पहुँच बढेसँगै त्यसबाट आउन सक्ने परिणामको यथोचित् समाधान गर्ने वातावरण बन्नुपर्छ। किनकि, पोर्न म्याटेरियल उपयोग गरेलगत्तै यौन चाहना बढ्छ। यसको यथोचित् समाधान हुन पाएन भने यौन हिंसा बढ्ने खतरा हुन्छ। त्यसैले नेपालमा लकडाउनका बीच भएका कतिपय यौन हिंसा वा यौन दुव्र्यहारका घटना बढ्नुमा पोर्नोग्राफीको लतलाई पनि मान्न सकिन्छ। त्यस्तो पोर्नो म्याटेरियल उपयोग गर्ने विवाहित हो भने यौन सम्बन्ध राख्ने, अविवाहित भए हस्तमैथुन गरेर आफ्नो यौन चाहनालाई मेटाउन सकिन्छ। यदि त्यसो हुन पाएन भने यौन विकृति निम्तिने खतरा हुन्छ। विवाहित नै भएपनि पोर्नोको लतको कारण नेपालको परिप्रेक्ष्यमा निकै अप्राकृतिक लाग्ने मुख मैथुन, गुदद्वार मैथुन, पशुकरणीको बानी बस्न सक्छ वा यस्ता चाहना विकसित हुनसक्छन्। यही नै दम्पतीबीच झगडाको बीउ हुनसक्छ। सामाजिक बेइज्जतीको विषय हुनसक्छ। 

ग्राहक र यौनकर्मीः दुवै खतरामा 
धेरैले यौनलाई आनन्दको साधनका रूपमालिने गर्छन्। कोरोना संक्रमणको कारण गरिब, पिछडिएका तथा सीमान्तकृत दम्पती सबैभन्दा बढी मारमा परेका छन्। दैनिक ज्यालादारी गरी गुजारा चलाउने यी समुदाय लकडाउन तथा त्यसपछि कामकाजको अभावमा घरमै रहेका छन्। बिहान–बेलुका हातमुख जोर्न गाह्रो छ। तर, अचम्मको कुरा के भने जोसुकैलाई धूम्रपान वा मद्यपानको लत लागेको छ भने चुरोट वा जाँडरक्सी खान कहीँ न कहीँबाट खर्चको जोहो गर्दा रहेछन्। अनि, घरमा खानाकै अभाव भइरहेको बेला श्रीमान् मातेर आउने, नशाको सुरमा श्रीमतीलाई यौन सम्बन्ध राख्न दबाब दिने, नमानेमा हातपात गर्ने अथवा जबर्जस्तीगर्ने हुँदा घरेलु हिंसा एवं यौन हिंसा बढ्ने सम्भावना छ। लकडाउन सुरु भएदेखि नेपालमै भएका लैंगिक हिंसाका घटनामा करिब ६० प्रतिशतमा आफ्नै श्रीमान् दोषी पाइएको छ। झगडा नगर्ने र मातिएका पुरुष पार्टनरको बलजफती खुरुखुरु मान्ने गरेका कारण कतिपय महिलाले अनिच्छित गर्भधारण गर्नु परिरहेको छ। 

नेपालमा कोरोना संक्रमण भित्रिएदेखि होटल, रेस्टुरेन्ट, लज पनि बन्दाबन्दीको मारमा छन्। यसको प्रत्यक्ष मार व्यावसायिक यौनकर्मीलाई पनि परेको छ। लकडाउन सुरु भएदेखि व्यावसायिक यौनकर्मीको रोजीरोटी खोसिएको छ। एकातिर, अहिले तुलनात्मक रूपमा ग्राहकको कमी भएको हुनसक्छ भने अर्कोतिर आर्थिक अभावमा थोरै पैसामै यौन सम्बन्ध राख्नुपर्ने बाध्यता होला। अवैधानिक नै भएपनि विगतमा सहजै होटल, लजमा यौन सम्बन्ध राखिएपनि अहिलेको परिस्थितिमा सुरक्षित स्थानको समस्या पनि होला।

केही हप्ताअगाडि पास लिएका उद्योगी र व्यवसायी तासजुवा खेलिरहेको अवस्थामा पक्राउ परेबाट के भन्न सकिन्छ भने हुनेखानेका लागि सम्भवतः अनधिकृत यौन व्यवसाय पनि चालू नै होला। विभिन्न सेटिङ मिलाउन सक्ने भएकाले तिनीहरूका लागि लकडाउनले खासै फरक परेको छैन होला। तर, कतिपय कुरा धनाढ्य, पावरवाला हुँदैमा केही सीप नलाग्ने रहेछ। महाभूकम्प २०७२ को बेलामै धनाढ्यभन्दा अतिधनाढ्यहरू पनि चउरमा, टुँडिखेलमा राखिएका पाल, छाप्रामा बस्न बाध्य थिए। अर्कोतिर, जसरी एचआईभी संक्रमित वा एड्स रोगी बाहिरी आवरण हेरेर थाहा हुन्न, कोरोना संक्रमित पनि स्वस्थ्य, तन्दुरुस्त देखिएकै भरमा छुट्याउन सकिँदैन। यसको अर्थ धनाढ्य वा कतिपय विवाहेतर यौनसम्बन्ध राख्न चाहनेले पैसाको भरमा यौनकर्मीसँगको पहुँच सहज बनाएपनि कोरोना सर्दैन भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। 

खोक्दा, हाच्छ्उिँ गर्दा, कुराकानी गर्दा वा मुखबाट थुकको छिटा निस्किने कुनै पनि कार्य गर्दा तथा संक्रमितसँगको भौतिक दूरी एक मिटरभन्दा कम हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सर्ने सम्भावना निकै बढी हुन्छ। के भौतिक दूरी राखेर यौन सम्बन्ध कायम गर्न सम्भव छ ? के यौन क्रियाकलापको क्रममा ओठमा चुम्बन गर्ने प्रयास गरिन्न ? यसरी बाहिर यौन सम्बन्ध राख्ने व्यक्तिहरूले मद्यपान तथा नशालु पदार्थ सेवन गर्ने, गराउने (यौनकर्मीलाई) काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? अनि नशाको सुरमा, यौन उत्तेजनाको बेला कोरोना सर्ने डर बाँकी रहला र ? कोरोना सर्नबाट जोगिने उपायहरूसम्झनामा रहलान् र ?

त्यसो भएर कोरोना सर्ने, नसर्ने कुरा कति धनाढ्य, कति पहँुच छ भन्ने कुराले मापन गर्दैन। त्यसैले विगतमा एचआईभी, एड्स रोगका लागिअपेक्षित औषधि पत्ता नलागेसम्म मानिसहरू अनधिकृत यौन सम्बन्ध राख्न संयमित भएका थिए। त्यसैगरी, कोरोना संक्रमणको पनि भरपर्दो औषधि वा खोप पत्ता नलागेसम्म अनधिकृत यौन सम्बन्ध राख्न संयम अपनाउनु नै बुद्धिमानी हुन्छ। यस्तो महामारीको बेला यौनकर्मीले पनि आफ्नै जीवन जोखिममा राखेर पेशा गर्ने होइन कि वैकल्पिक आयका उपाय खोज्नु राम्रो हुन्छ। किनकि, शरीरको प्रतिरोधात्मक क्षमता कम हुने वर्गमा अर्थात् कोरोनाले सहजै संक्रमित पार्न सक्ने वर्गमा यौनकर्मीहरू पनि पर्छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि