पूजाको कोटरीबाट आउट ?

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता कसैबाट लुकेको छैन । पछिल्लो समय यो जोडी लिएर मात्र तीनचार फिल्म घोषणा भइसकेका छन् । एकाध फिल्म सुटिङ सकिएर रिलिजको पर्खाइमा पनि छन् । मतलब पूजाको क्याम्पमा आकाशको पकड राम्रै थियो । तर, पूजा आफैँले बनाउने फिल्ममा भने आकाशको विकल्प खोजिन थालेको छ । भर्खरै पूजा र सुदर्शन थापा मिलेर बनाउन लागेको फिल्ममा नयाँ हिरोको खोजीले यसको संकेत गरेको छ ।

‘रामकहानी’बाट सुरु भएको पूजा र आकाशको जुगलबन्दी आधा दर्जन हाराहारीका फिल्ममा देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै ‘म यस्तो गीत गाउँछु २’ मा पल शाहको प्रवेश भयो, जबकि एक समय पल शाह र सुदर्शन–पूजाको सम्बन्ध पानी बाराबारको थियो । अहिले ‘म यस्तो गीत गाउँछु २’ रिलिज नहुँदै सुदर्शन–पूजाले नयाँ फिल्म बनाउने र त्यसमा नयाँ हिरो लिने घोषणा गरेका छन् । पूजा र आकाशको जोडी जमिरहेको समयमा पूजासँगै जोडी बाँध्न नयाँ हिरो खोज्नुको मतलब कतै आकाश पूजाको क्याम्पबाट आउट भइसकेका त होइनन् ? 

तपाईको कमेन्ट

मुख्य समाचार