सिपोराको पारा

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


भलिबल खेलाडीसँगै अभिनेत्रीको पनि पहिचान बनाएकी सिपोरा गुरुङ यतिबेला अध्ययनको सिलसिलामा अमेरिकामा छिन् । राष्ट्रिय टोलीबाट बाहिरिएपछि उनले केही फिल्ममा अभिनय गरिन्, तर खासै सफलता हात लागेन । यही कारण हुनुपर्छ धेरै सेलिब्रिटीझैँ उनले पनि अमेरिका जाने निर्णय गरिन् । आर्थिक सुरक्षाको लोभमा अमेरिका पुग्ने जो कोहीलाई यो पटक कोभिड–१९ ले असुरक्षित बनायो ।

सिपोरा यसमा अपवाद हुने कुरै थिएन । सामाजिक सञ्जालमा सक्रिय रहने उनले शक्तिशाली देशमा पनि असुरक्षित महसुस गरेको स्ट्याटस लेखिन् । तर, पाएसम्म जान मरिहत्ते गर्ने तर नपाउञ्जेल अमेरिका जानेलाई सत्तोसराप गर्ने नेपाली समाजले यो स्ट्याटसपछि उनलाई पनि बाँकी राखेन । फेसबुकमा गालीको ओइरो लाग्यो । उनले चित्त दुखाइन् । 

तर, यसले सिपोरालाई चेताएजस्तो भने लागेन । आजभोलि उनी फेसबुकमा दिनहुँ स्विमसुट र टुपिसका फोटो पोस्ट गरिरहेकी छिन् । एकातिर असुरक्षित छु भन्ने अनि अर्कोतिर उत्तेजक फोटो राख्ने ? सिपोराको पारा के हो, के हो ! 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट