रिह्याबमा एमान्डा

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


हलिउडमा केही सेलिब्रिटीको दोस्रो घर रिह्याब सेन्टर हुने गर्छ । कोही सफलता थेग्न नसकेर नशाको शरणमा पुग्छन् त, कोही असफलता । एमान्डा बायन्स पहिलो श्रेणीमा पर्छिन् । बाल कलाकारका रूपमा हलिउडमा काम थालेकी उनले सफलता थेग्न नसकेर ड्रग्सको नशामा फसिन् । 

यसबाट मुक्त हुन बेला–बेला उनी रिह्याब बस्दै आएकी छिन् । लकडाउनकै बीच पनि एमान्डा रिह्याब पुगेको खबर छ । तर, यसपटक भने रिह्याब पुग्ने कारण नशा होइन । तनाव र बैचेनीका कारण उनी सुधारगृह पु¥याइएकी हुन् । दुई महिनाअघि पनि उनी रिह्याब गएको खबर थियो । दुई महिनालगत्तै फेरि रिह्याब । रिह्याब जाने क्रम हेर्दा त एमान्डा घरभन्दा पनि उतै बसे बेस होलाजस्तो छ । 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट