एम्बरलाई अवगाल

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


एम्बर हर्ड र जोनी डेपको झगडा कुनै थ्रिलरको ट्वीस्टभन्दा कम छैन । एकपछि अर्को सरप्राइज आइरहेकै छ । एम्बरले पहिला जोनीले आफूलाई पिट्ने गरेको भन्दै मुद्दा हालेकी थिइन् । पछि बुझ्दै जाँदा थाहा भयो, कुट्नमा एम्बर पनि कम रहिनछन् । यतिबेला उनीमाथि अर्को आरोप लागेको छ । जोनीले उनलाई आफूसँग विवाहित रहँदै व्यापारी एलन मस्कसँग सल्केको आरोप लगाएका छन् । सल्केको मात्र होइन, एम्बरले एलनसँगै कारा डेलेभेनसँगै रात बिताएको पनि दाबी गरेका छन् । जोनीको दाबीअनुसार एलनले जोनीकै घरमा एम्बर र कारासँग रात बिताएका थिए । 

जवाफमा एलन र एम्बर दुवैले जोनीको आरोप अस्वीकार गरेका छन् । उनीहरूबीच जे–जे भयो, एम्बर जोनीसँग छुटेपछि भयो भन्ने दुवैको स्पष्टीकरण छ । एम्बर र जोनीको कलह अझै कति अप्रिय मोडबाट गुज्रिने होला, भन्न गाह्रो छ । 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट