डायना बन्दै क्रिस्टेन

writer

सम्पूर्ण

शनिबार, १३ असार २०७७


बेलायतकी पूर्वराजकुमारी डायनाको जीवनकथालाई कम्तीमा एक दर्जन सिनेमाले कैद गरेका छन् । तर, यतिमा पनि निर्माता÷निर्देशक अघाएका छैनन् । लकडाउनकै बीच उनको जीवनीमा आधारित रहेर अर्को फिल्म बन्ने भएको छ, जसमा मुख्य भूमिकाका लागि क्रिस्टेन स्टेवार्ट छानिएकी छिन् । ‘स्पेन्सर’ नाममा बन्ने यो फिल्मले डायनाको राजकुमार चाल्र्सलाई छाड्ने निर्णयपछिका तीन दिनको दैनिकीलाई प्रस्तुत गर्नेछ । 

भर्खरै समलिंगी भएको घोषणा गरेकी क्रिस्टेन अघिल्लो साल ‘चार्लिज एन्जल्स’को रिबुटमा देखिएकी थिइन् । फिल्मले बक्सअफिसमा राम्रै कमाइ गरे पनि समीक्षकको धुस्नु गाली खाएको थियो । अब डायनाको भूमिकाले केही गर्ला कि ? 

तपाईको कमेन्ट

मुख्य समाचार